एआईप्लस पल्सट्याब १०.९५ इन्च एलसीडी र ८,०००एमएएच ब्याट्रीको साथ अनावरण

  • Technology Khabar | २८ चैत्र २०८२, शनिबार
एआईप्लस पल्सट्याब १०.९५ इन्च एलसीडी र ८,०००एमएएच ब्याट्रीको साथ अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एआईप्लसले आफ्नो पहिलो ट्याब्लेटको रुपमा पल्सट्याब अनावरण गरेको छ। पल्सट्याबमा एन्ट्री–लेभल स्पेक्स, १०.९५–इन्च एलसीडी र ८,०००एमएएच ब्याट्री समावेश गरिएको छ। यो पल्सट्याबले एन्ड्रोइड १६ मा आधारित एनएक्सटीक्यू ओएस बुट गर्दछ र मे महिना देखि भारतमा उपलब्ध हुनेछ।

पल्सट्याब एफएचडीप्लस रिजोल्युसन र ९०हर्ज रिफ्रेस रेटसहितको १०.९५–इन्च आईपीएस एलसीडी समावेश गरिएको छ। उक्त प्यानल ४०० निट्स सम्मको पिक ब्राइटनेस रेटिङ्ग गरिएको छ र क्वाड स्पिकरहरूद्वारा फ्ल्याङ्क गरिएको छ।

पल्सट्याबमा १३ मेगापिक्सेलको रियर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर रहेको छ। यो पल्सट्याबमा ६जीबी र्याम र १२८जीबी स्टोरेजको साथ मिडियाटेकको हेलियो जी८८ चिपसेट समावेश गरिएको छ। ८,०००एमएएच ब्याट्री भएको पल्सट्याबमा माइक्रोएसडी कार्ड स्लटमार्फत स्टोरेज विस्तारको लागि समर्थन पनि रहेको छ।

एआईप्लस पल्सट्याबको ६-१२८ जीबी ट्रिमको मूल्य ९,९९९ भारतीय रुपैयाँ (१०८ अमेरिकी डलर) रहेको छ भने यो मे महिनामा भारतका अनलाइन खुद्रा विक्रेताहरूबाट उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...