शैक्षिक संस्थाहरूमा कुनै दुर्व्यवहार भए अब अनलाइनमार्फत् सोझै शिक्षा मन्त्रालयमा उजुरी गर्न सकिने

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
शैक्षिक संस्थाहरूमा कुनै दुर्व्यवहार भए अब अनलाइनमार्फत् सोझै शिक्षा मन्त्रालयमा उजुरी गर्न सकिने
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर

काठमाडौं ।

अब शैक्षिक संस्थाहरूमा कुनै प्रकारको दुर्व्यवहार भए अनलाइनमार्फत् सोझै शिक्षा मन्त्रालयमा उजुरी गर्न सकिने भएको छ।

शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस राख्दै मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गर्ने जनाएका हुन्।

विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याइएको हो।

‘यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दै, निर्धक्क भई तल दिइएको लिंक मार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ’, मन्त्री पोखरेलको स्टाटसमा उल्लेख छ।

आफ्ना गुनासा दर्ता गर्नका लागि तलको यस लिंकमा गएर अनलाइन फाराम भर्न सकिनेछ।

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

  • Technology Khabar
  • २६ चैत्र २०८२, बिहीबार