फागुनमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्स कारोबार: रकम ५१ करोड र सङ्ख्या साढे १२ हजारले घट्यो

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
फागुनमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्स कारोबार: रकम ५१ करोड र सङ्ख्या साढे १२ हजारले घट्यो
फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको आठौं महिना फागुनमा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम र सङ्ख्या दुवै घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ फागुन मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम ५१ करोडभन्दा बढीले तथा सङ्ख्या साढे १२ हजारभन्दा माथिले घटेको पाइएको हो।

विवरण अनुसार फागुन मसान्तसम्ममा ई-कमर्समार्फत १ अर्ब ६ करोड १० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ रहेको थियो।

यसरी हेर्दा माघदेखि फागुन मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार ५१ करोड ४० लाख रुपैयाँले घटेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा फागुन मसान्तसम्म ईकमर्स मार्फत १ लाख ९८ हजार ८८ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म भने २ लाख १० हजार ५७९ पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा माघ मसान्तदेखि फागुन मसान्तसम्म ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा १२ हजार ४९१ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार