आईफोन फोल्ड अब हालै चर्चा गरिएको भन्दा पहिले नै आउने सम्भावना

  • Technology Khabar | २५ चैत्र २०८२, बुधबार
आईफोन फोल्ड अब हालै चर्चा गरिएको भन्दा पहिले नै आउने सम्भावना
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन फोल्ड (वा अल्ट्रा) अन्ततः आगामी शरद ऋतुमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै आधिकारिक हुने व्यापक रूपमा रिपोर्ट गरिएको छ।

हालैका अफवाहहरूले आईफोन फोल्डको ढुवानी वास्तवमा तुरुन्तै सुरु नहुने दावी गरेका छन्। एप्पलले प्रोहरुसँगै एउटै कार्यक्रममा आईफोन फोल्डको घोषणा गर्ने र प्रो मोडेलहरु सेप्टेम्बरको अन्त्यमा सामान्य रूपमा उपलब्ध हुनेछन् भने फोल्ड वास्तवमा स्टोरहरूमा आइपुग्न केही हप्ता लाग्ने उल्लेख गरिएको छ। साथै अर्को स्रोतले भने यो डिभाइस डिसेम्बरमा मात्र रिलीज हुन सक्छ भनि दावी गरेको छ।

तर एप्पलले आईफोन फोल्डको आगमनलाई आईफोन १८ प्रो र प्रो म्याक्ससँग पूर्ण रूपमा तालमेल मिलाउन सक्दो प्रयास गरिरहेको देखिन्छ। वेइबोमा एक टिपस्टरका अनुसार चीनमा एप्पलको निर्माण साझेदार फक्सकनमा आईफोन फोल्डको लागि परीक्षण उत्पादन सुरु भएको छ।

कम्पनी अब आगामी केही महिनाअरुमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै आईफोन फोल्डको बृहत उत्पादन सुरु गर्ने ट्र्याकमा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...