चिनियाँ कम्पनीका ड्रोनले गोप्य सूचना चोर्नसक्ने भन्दै अमेरिकाको चेतावनी

  • Technology Khabar | ८ जेष्ठ २०७६, बुधबार
चिनियाँ कम्पनीका ड्रोनले गोप्य सूचना चोर्नसक्ने भन्दै अमेरिकाको चेतावनी
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौं । अमेरिकी सरकारले हालै अलर्ट चेतावनी दिँदै चीनमा निर्मित ड्रोनहरुले अमेरिकाको जानकारी चोर्न सक्ने बताएको छ । अमेरिकामा हुवावे पछि चिनियाँ कम्पनीका ड्रोनको उडानमा सर्तक हुन भनेको हो ।

सो सूचना अमेरिकामा फ्लाईंग एयरक्राफ्ट उडाउने वा प्रयोग गर्ने व्यवसायहरु तथा संस्थाहरुलाई गराएको हो जसले राष्ट्रिय सुरक्षा वा संवेदनशिल पूर्वाधारहरुमा आक्रमण गर्न सक्ने जोखिम रहेको दाबी गरेको छ। अमेरिकाले चिनियाँ ड्रोनले समेत गोप्य सुचना चीनको राजधानी वेईजिङ पठाउन सक्ने भन्दै ड्रोनहरु प्रयोगमा सचेत हुन भनेको हो । तर सो चेतावनीमा कुनैपनि कम्पनीको नाम उल्लेख छैन् ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका र क्यानडामा मात्रै ८० प्रतिशत ड्रोनहरु चिनियाँ कम्पनी ‘डिजेआई’को प्रयोग हुँदै आएको जानकारी दिएको छ ।

तर प्रमुख ड्रोन निर्माता कम्पनी डिजेआईले भने आफ्ना ग्राहकहरुको डाटा सुरक्षित पार्न यसअघि नै कदम चालिसकेको बताएको छ ।

कम्पनीले सरकारी र संवेदनशिल पूर्वाधारहरुका ग्राहकहरुले अतिरिक्त सुनिश्चितता चाहिएमा सो उपलब्ध रहेको भन्दै ड्रोनमार्फत डिजेआईसम्म अथवा इन्टरनेटमार्फत डाटा ट्रान्सफर रोक्न सकिने सुविधा रहेको उल्लेख गरेको छ ।

अमेरिकाले गोप्य सुचना बाहिरिने भन्दै चिनियाँ कम्पनी हुवावेका विभिन्न डिभाईसहरुमा समेत अघिल्लो हप्ता प्रतिवन्ध लगाएको थियो ।

प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार