एप्पलले सिरीलाई थप तेस्रो–पक्ष एआई च्याटबटहरूका लागि खोल्ने

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
एप्पलले सिरीलाई थप तेस्रो–पक्ष एआई च्याटबटहरूका लागि खोल्ने

काठमाडौं ।

एप्पलले आईओएस २७ को सिरीमा केही ठूला परिवर्तनहरूको योजना बनाइरहेको र जुन ८ मा अनावरण हुने तालिका रहेको ब्लूमबर्गका मार्क गर्मनबाट एउटा नयाँ अफवाह आएको छ।

लामो समयदेखि प्रतिक्षा गरिएको र धेरै ढिलाइ भएको एआई–इन्फ्युज्ड जेमिनी–सञ्चालित सिरी अन्ततः देखा पर्ने भएको छ। एप्पलले अब सिरीलाई पनि “खुल्ला गर्ने” र यदि सम्बन्धित तेस्रो–पक्ष एआई एपले त्यसलाई अनुमति दिएको खण्डमा भने सिरीमा प्लग हुने एक्सटेन्सन मार्फत कुनै पनि एआई सेवा चलाउन दिने गर्मनले बताएका छन्।

त्यसैले च्याटजीपीटी अब सिरीको लागि विशेष साझेदार नहुने उल्लेख गरिएको छ। हाल, सिरीले केहि उत्तर दिन नसकेको अवस्थामा सोधिएको प्रश्नलाई च्याटजीपीटीमा रिले गर्नेछ।

आईओएस २७ ले पनि त्यसरी नै काम गर्ने बताइएको छ भने अर्को एआई प्रदायक पनि छनौट गर्न सकिने र त्यसलाई सिरीले प्रश्न हस्तान्तरण गर्नेछ।

एप्पलले यी एआई सेवाहरूको लागि एप स्टोर सदस्यताहरूमार्फत आम्दानी गर्नेछ भने एप्पलले हालको विशेष च्याटजीपीटी एकीकरणको लागि ओपनएआईसँग गरेको जस्तो अब कुनै एकल साझेदारी सम्झौताहरू नगर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार