नेपाल टेलिकमको सिस्टममा गडबडी, एफटीटीएच सेवामा समेत समस्या आउँदा ग्राहकहरु हैरान

  • Technology Khabar | १४ चैत्र २०८२, शनिबार
नेपाल टेलिकमको सिस्टममा गडबडी, एफटीटीएच सेवामा समेत समस्या आउँदा ग्राहकहरु हैरान

काठमाडौं ।

नेपाल टेलिकमको सिस्टम डाउन भएको छ। शुरुवातमा कम्पनीको एफटीटीएच सेवामा मात्र समस्या देखिएकोमा सिस्टमनै केहि समय डाउन भएको छ। कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा नचलेको गुनासो गरेका छन्।

टेलिकम स्रोतका अनुसार सिस्टममा के समस्या भएको हो भनेर हेरिँदैछ।

कम्पनीको एफटीटीएच सेवा उपत्यकाका धेरै स्थानमा डाउन भएको बताईएको छ। नयाँ बानेश्वर क्षेत्रमा पुरै सेवा डाउन भएको उक्त क्षेत्रमा रहेका एक ग्राहकले बताए भने भक्तपुर क्षेत्रमा पनि एफटीटीएच सेवा ठप्प भएको छ।

यसैबीच नेपाल टेलिकमको केहि नम्बरहरुमा समेत सम्पर्क नहुने समस्या देखिएको छ भने केहि नम्बरमा पटक पटक कल गरेपछि मात्र सम्पर्क हुने समस्या देखिएको छ। केहिले भने मोबाइलमा सिग्नलनै नदेखिने समस्या भएको बताए।

अहिले कम्पनीको सेवामा के समस्या आएको भन्ने बारेमा जानकारी नभएको र थप बुझेर बताउने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।

“मलाई पनि थाहा छैन तपाईँको मात्र गुनासो आयो। म बुझेर भन्छु,” उनले भने।

प्रकाशित: १४ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...