नवनियुक्त सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाद्वारा मन्त्रालयमा पदभार ग्रहण

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
नवनियुक्त सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाद्वारा मन्त्रालयमा पदभार ग्रहण

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार मन्त्री पदमा नियुक्त भएका हुन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका तिमल्सिना शिक्षा तथा सञ्चार क्षेत्रमा दीर्घ अनुभव भएका व्यक्तित्वका रूपमा चिनिन्छन। उनी विगत १५ वर्षदेखि सञ्चार, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

पत्रकारिताबाट आफ्नो करिअर सुरु गरेका तिमल्सिना करिब एक दशकअघि रेडियो सगरमाथामा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा कार्यरत थिए ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया गएपछि उनले त्यहाँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ मा कार्यकारी सम्पादकका रूपमा काम गर्दै प्रवासी नेपाली समुदायका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उठाए।

साथै, सिड्नीबाट सञ्चालन हुने ‘साउथ एसिया डट कम डट एयू’ मा सम्पादकीय सल्लाहकारको भूमिका निर्वाह गर्दै क्षेत्रीय विषयवस्तुमा विश्लेषणात्मक सामग्री उत्पादनमा संलग्न भए।

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार