एन्ड्रोइड १७ बिटा ३ अब विकासकर्ताहरूका लागि उपलब्ध

  • Technology Khabar | १४ चैत्र २०८२, शनिबार
एन्ड्रोइड १७ बिटा ३ अब विकासकर्ताहरूका लागि उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलले दोस्रो बिटा प्रस्तुत गरेको लगभग एक महिनापछि विकासकर्ताहरूका लागि तेस्रो एन्ड्रोइड १७ बिटा रोल आउट गरेको छ। त्यसैगरी पहिलो बिटा फेब्रुअरी १३ मा जारी गरिएको थियो। बिटा ३ को साथ एन्ड्रोइड १७ अब प्लेटफर्म स्थिरतामा पुगेको छ।

एन्ड्रोइड १७ बिटा ३ अब पिक्सेल ६ को साथमा पिक्सेल ट्याब्लेट र पिक्सेल फोल्ड ह्यान्डसेटहरू सहित नयाँ डिभाइसहरूको लागि उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आधिकारिक ब्लग पोस्टमा गुगलले बिटा ३ मा नयाँ सुविधाहरू र सुधारहरूको बारेमा विस्तृत रूपमा वर्णन गरेको छ भने त्यसमा मार्च एन्ड्रोइड सुरक्षा प्याच पनि समावेश छ।

अपडेटले आरएडब्ल्यू१४ इमेज फर्म्याटको लागि समर्थन, होम स्क्रिनमा एप लेबलहरू लुकाउने विकल्प, हेयरिङ यन्त्रहरूको लागि थप ग्य्रानुलर अडियो राउटिङ, पुनः डिजाइन गरिएको स्क्रिन रेकर्डिङ टुलबार र ठूला डिस्प्लेहरूमा सुधारिएको विजेट स्केलिङलाई अन्य सुधारहरू बीच प्रस्तुत गर्दछ।

एन्ड्रोइड १७ स्थिर अपडेट केही महिनामा जारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...