
काठमाडौं ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन/प्रदर्शनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक बनेको पुष्टि भएको छ।
हालै उक्त घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ले सरकारलाई बुझाएको प्रतिवेदनले यसको पुष्टि गरेको हो। सरकारले सोही प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।
प्रतिवेदन अनुसार जिल्ला प्रशासन कार्यालय शान्तिपूर्ण कार्यक्रम हुने भनी ३ समूहको निवेदन अनुसार सुरक्षा योजना बनेको र डिस्कर्डमा आगजनी, हिँसात्मक सन्देश र हतियार प्रयोगबारेका सन्देश पनि आदानप्रदान भए।
विशेष गरी भिडियो गेम खेल्नेहरुको मन्च डिस्कर्डमा युवा युवा संगठित भए र त्यहीवाट भ्रष्टाचार विरोधी आन्दोलनको माहोल तयार भईरहेको थियो। “हामी नेपाल” को युथ अगेन्स्ट करप्शन र “युवा हव” नाम भएका दुईवटा सर्भर (भर्चुअल समुदाय) बढी सक्रिय थिए।
यसबाहेक प्रदर्शनकारीहरुले छलफल गरेर कहाँ, कति बेला र कसरी भेला हुने भन्ने निर्णय गर्ने प्लेटफर्म डिस्कर्डकै भोटिङबाट नै सुशिला कार्कीलाई प्रधानमन्त्रीमा पनि छानिएको पाइएको छ।
के हो डिस्कर्ड
डिस्कर्ड निःशुल्क सञ्चार प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताले सर्भर (भर्चुअल) समूह वनाएर वा सर्भरमा जोडिएर टेक्स्ट,अडियो र भिडियो गर्छन।
सन २०२५ मा अमेरिकी युवाहरुले गेमरहरु बीच सहकार्य गर्न निर्माण गरेको यो प्लेटफर्म अहिले विश्वका ६० करोड भन्दा बढी प्रयोगकर्ताहरु यो प्लेटफर्म संग आवद्ध छन।
एउटा सर्भरमा ५ लाख सदस्य सम्म जोडिन सक्ने, विभिन्न विषयमा वेग्ला बेग्लै समूह बनाउन सक्ने यो शुरुमा गेमरमा मात्र सिमित थियो। पछि यो सामाजिक छलफल, समूह निर्माण र राजनीतिक आन्दोलन संचालनका लागि व्यापक प्रयोग हुन थाल्यो। यस छलफलमा मात्र भाग लिनेहरु एनोनिमस (दम) परिचय कुरा गर्छन।
प्रतिवेदनका अनुसार जेन्जी आन्दोलनमा युवाहरुले टिकटक, रेडिट जस्ता प्लेटफर्ममा “नेपो बेबी किड्स” नेपो बेबिजजस्ता अभियान चलाएर आन्दोलनलाई तताउन डिस्कर्डलाई प्रमुख माध्यम बनाए।
भदौ २२ को राति ९:३५ बजे देखि भदौ मध्यरातसम्म ( करिब ५० घण्टा ) सर्भरमा कुल ६ लाख ६४ हजार पटक सम्वाद लेखिएको थियो।
भदौ २२ मा स्कुल कलेजको युनिफर्म लगाएर आन्दोनमा जाने, बिहान ९ बजे माईतीघर मण्डलामा भेटने कार्यक्रम बन्यो। काठमाडौं बाहेक बाहिर प्रमुख शहरहरुमा पनि प्रदर्शन गर्ने तयारी सम्वादमा देखियो।
डिस्कर्ड विशेष गरी नेपोबेबी अभिव्यक्ति स्वन्त्रता, करदाताको पैसा दुरुपयोग र राजनीतिक सुधार लगायत विषयमा छलफल हुन्थ्यो।
भदौ २३ गते सडकमा शान्तिपूर्ण आन्दोलन चलि रहँदा पनि डिस्कर् मा संवाद, छलफल चलिरहेकै थियो। निषेधित क्षेत्र तोडेपछि भिड अनियन्त्रित बन्यो र प्रहरीसँग झडप शुरु भयो र ब्यारिकेड कसले तोड्यो, किन तोड्यो भनेर डिस्कर्डमा छलफल भएको पाइएको छ।
कर्फ्यू लागेपछि संसद भवनबाट बाहिरिन डिस्कर्डमै सन्देशन आयो र सडकमा दमन प्रदर्शन नरोकिएपछि आन्दोलनलाई हिंसात्मक बनाउने सन्देशहरु पनि डिस्कर्डमै आए। आगो सल्काउन प्रयोग हुने मोलोटोभ ल्याउन पनि डिस्कर्डमै छलफल भयो। आगो सल्काउन र फैलाउन प्रयोग हुने यो “मोलोटोभ” हतियार गैरकानूनी र प्राणघातक हुन्छ।
प्रकाशित: १२ चैत्र २०८२, बिहीबार