एसईई नतिजा: ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस्

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
एसईई नतिजा: ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस्

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आइतबार राति सवा ९ बजे सार्वजनिक गरेको छ। सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आइतबार राति ९ः१५ बजे आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए। उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन्।

यसपटक एसईईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिए।

सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन्।

त्यस्तै, ९४ हजार २२२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका शिक्षासचिव पौडेलले जानकारी दिए।

उनका अनुसार ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उनले बताए।

यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो। वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो। गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो।

यसरी हेर्नुहोस् नतिजा

वेबसाइट तथा एसएमएस र आईभीआर सेवा प्रदायकहरुको सूची यसप्रकार छ:

एसएमएस/ आईभीआर

क्रं संफर्म/संस्थाको नामसेवाको विवरणप्रयोग हुने शर्टकोड
नेपाल टेलिकमएसएमएस/ यूएसएसडी र आईभीआर१६००
जानकी टेक्नोलोजि प्रा.लि.एसएमएस३५००१
एम्बिशन गुरुएसएमएस३१०६१

वेबसाइट

क्रं संफर्म/संस्थाको नामसेवाको विवरण
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० सानोठिमीwww.see.gov.np
 राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीwww.neb.gov.np
नेपाल टेलिकमwww.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स लि.www.ekantipur.com
इडियु सञ्जाल प्रालिwww.see.edusanjal.com
आइएमई खल्ती लि.https://khalti.com/app
कलेज इन्फो नेपाल प्रा.लि. see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रा.लि.https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेडhttps://ncellapp.ncell.com.np/result
१०निमा एजुकेशन फाउण्डेशनresult.neemaacademy.com
११फोनिक्स एजुकेशन फाउन्डेशन प्रा.लिresultayo.com
१२एम्बिसन गुरु प्रा.लि.see.ambition.guru
१३एन.इ.बि. रिजल्टस एण्ड निउज प्रा.लिhttps://see.merostudy.net
१४इन्द्रेणी टाइम्स नेटवर्क प्रा.लि.nebeducation.com/see

रासस

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...