ताजा समाचार

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने
Global IME Bank

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ। यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन।

कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सम्बन्धित सबैमा जानकारी गराएको हो।

कसरी लिने?

नयाँ प्रिपेड ई–सिम लिन चाहनेले esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको Get New Prepaid Sim मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरेपछि ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रीय गर्न सकिन्छ।

esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको कम्पनीले जनाएको छ। यसभन्दा अघिदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ।

नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

Sajilo Visa
easy care