एआईका जोखिमहरू स्तब्ध पार्ने र ब्यूँझाउने किसिमका भएको अमेरिकी सिनेटरको भनाई

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
एआईका जोखिमहरू स्तब्ध पार्ने र ब्यूँझाउने किसिमका भएको अमेरिकी सिनेटरको भनाई
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एआईबाट गरिने बृहत डाटा सङ्कलनको खतराहरूको बारेमा अमेरिकी सिनेटरले चेतावनी दिएका छन्।

बर्नी स्यान्डर्सले ठूलो मात्रामा व्यक्तिगत डाटा सङ्कलन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा ध्यान आकर्षित गरेका छन्।

उनले एन्थ्रोपिकका एआई एजेन्ट क्लोडसँग यो डाटा कसरी हाम्रो गोपनीयता अधिकारहरू उल्लङ्घन गर्न प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

“एआई एजेन्टले मलाई आर्टिफिसियल इन्टेलिजेन्सको खतराहरूको बारेमा भनेको कुरा स्तब्ध पार्ने र हामीलाई ब्यूँझाउने किसिमको छ” भनि स्यान्डर्सले बताएका छन्।

प्रविधिले हाम्रो व्यक्तिगत जीवनमा आफ्नो शक्ति बढाइरहेको अवस्थामा उनले यस्तो युगमा नागरिकहरूको सुरक्षाको महत्त्वमा जोड दिएका छन्।

प्रविधि विज्ञहरू र गोपनीयता कार्यकर्ताहरूले लामो समयदेखि बृहत डाटा सङ्कलनलाई जानकारी हेरफेर, प्रोफाइलिङ र गोपनीयता उल्लङ्घनको लागि प्रयोग गर्न सकिने चेतावनी दिइरहेका छन् र त्यसले स्यान्डर्सको चेतावनीलाई पहिलेभन्दा बढी समयसापेक्ष बनाएको उल्लेख गरिएको छ।

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...