एस२६ सिरिजको लन्चअघि सामसङले एआई ईमेज इडिटिङ सुविधाहरू टिज गर्यो

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
एस२६ सिरिजको लन्चअघि सामसङले एआई ईमेज इडिटिङ सुविधाहरू टिज गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी अनप्याक्ड कार्यक्रम हुनको लागि अब ठीक एक हप्ता बाँकी रहँदा सामसङले धमाधम टिजरहरूमा पूर्ण रूपमा काम गरिरहेको छ। सामसङले पछिल्लो टिजरमा ग्यालेक्सी एआई र नेटिभ ग्यालेक्सी क्यामरा एपमा आउने नयाँ ईमेज इडिटिङ (तस्बिर सम्पादन) सुविधाहरूको बारेमा जानकारी प्रस्तुत गराएको छ।

सामसङले नेटिभ क्यामरा एपभित्र थप रचनात्मक उपकरणहरू समावेश गरेर एआई इमेजिङमा पूर्ण रूपमा काम गरिरहेको छ। प्रयोगकर्ताहरूले एपहरू स्विच नगरी एकै ठाउँमा तस्बिरहरू खिच्न, सम्पादन गर्न र साझेदारी गर्न सक्षम हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सामसङले जानकारी उपलब्ध गराएको नयाँ मल्टिमोडल इनपुटले सम्पादनहरूलाई सहज बनाउनेछ। प्रयोगकर्ताहरूले आफ्ना तस्बिरहरूलाई सरल तरिकामा वा स्क्रिबल आकारहरूमा कसरी परिवर्तन गर्न चाहेको हो भनेर वर्णन गर्न सक्नेछन् र त्यसपछि यथार्थपरक वस्तुहरूमा रूपान्तरण हुने उल्लेख गरिएको छ।

ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना हुनुभन्दा अघिका दिनहरूमा कम्पनीबाट अझ धेरै टिजरहरू आउने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...