Technology Khabar १७ बैशाख २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ७० (Galaxy A70) स्मार्टपोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी ए सिरिजहरु मध्येको पाँचौं स्मार्टफोन हो । ग्यालेक्सी ए पावरफुल डिभाइस हो, जुन डिजिटल प्रेमिहरुको व्यस्त जिन्दगीको लागि भनी विकास गरिएको बताईएको छ ।
‘हालै लन्च भएको ग्यालेक्सी ए सिरिजको सफलता पछि ४० दिनको अन्तरालमा ५० करोड डलरको बिक्री गर्न सफल भएको आँकडा हामीलाई प्राप्त भएको छ । हामीलाई विश्वास छ कि २०१९ को अन्त्यसम्म ग्यालेक्सी ए सिरिज ४ अरब अमेरिकी डलरको ब्राण्ड बन्न सफल हुने छ,’ सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।
ग्यालेक्सी ए ७० मा अनेकौं फिचर्सहरु रहेका छन्, यसमा ३२ मेगापिक्सल सहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ, जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । ग्यालेक्सी ए ७० मा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर पनि रहेको छ, यसमा ४५०० एमएएचको व्याट्री रहेको छ । यसमा भएको शक्तिशाली व्याट्रिले पूरै दिन शेयर, भिडियो स्ट्रिमिङ्गको लागि स्वतन्त्रता प्रदान गर्ने कम्पनीको भनाई छ ।
ट्रिपल रियर शक्तिशाली क्यामरा
क्यामराका पारखी व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गरी तयार पारिएको ग्यालेक्सी ए ७० मा शक्तिशाली ३२ मेगापिक्सल ट्रिपल रियर क्यामरा राखिएको छ, जसले स्लोमो तथा अल्ट्रा वाइड भिडियो खिच्न सक्षम छ । यसमा f/1.7 को साथ ३२ मेगापिक्सल लो लाईट लेन्स विद्यमान छ । यसबाट जस्तोसुकै कम उज्यालोको अवस्थामा पनि उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ ।
१२३ डिग्रीको कोणमा फोटो खिच्न सकिने हुँदा यस फोनबाट प्रयोग कार्ताहरुले अल्ट्रा वाइड तस्वीर तथा भिडियो लिन सक्नुहुने छ । ५ मेगापिक्सलको डेप्थ लेन्सले प्रयोगकर्तालाई प्रभावशाली तस्वीर लिने क्षमता प्रदान गर्दछ । यसमा भएको लाइभ फोकस फिचरले फोटो खिच्दै गर्दा वा फोटो खिचिसकेपछि फिल्डको डेप्थलाई मिलाउन सकिने क्षमता प्रदान गर्दछ ।
ग्यालेक्सी ए ७० मा सामसङको इन्टेलिजेन्ट सीन अप्टिमाइजर पनि रहेको छ जसले २० मोडहरुमा एक सिनको विश्लेषण गरी इमेज क्वालिटिलाई तुरुन्त अप्टिमाइज गरी कलर, कन्ट्रास्ट तथा ब्राइटनेसलाई स्वतः मिलाउने छ । सेल्फी लिन रुचाउने ग्राहकहरुका लागि यस फोनमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा प्रयोगकर्ताले एआर इमोजी तथा सेल्फी फोकस जस्तो फिचरको उपयोग गरी आफैले जीवन्त रुपमा साथीभाइहरु माझ कनेक्ट गर्ने मौका प्रदान गर्दछ ।
इमरसिव भ्युइङ्ग एक्स्पेरियन्स
अझ धेरै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तयार पारिएको ग्यालेक्सी ए ७० मा प्रिमियम ६.७ इन्चको फूलएचडी प्लस इन्फिनिटी यू डिस्प्ले तथा वाइडभाइन एल१ सर्टिफिकेसन Widevine L1 Certification ले प्रयोगकर्तालाई सहि एचडी कन्टेन्ट स्ट्रिमिङ्गको अवसर प्रदान गर्दछ । सामसङको आफ्नै सुपर एमोलेड प्रविधिले डिस्प्लेलाई जीवन्त बनाई स्ट्रिमिङ्गको वेग्लै मजा प्रदान गर्दछ । ग्यालेक्सी ए ७० मा रहेको डल्वी एटमोसले ३६० डिग्रीको सराउण्ड साउन्डको अनुभव प्रदान गर्दछ ।
‘बेस्ट इन क्लास डिस्प्ले, ट्रिपल रियर क्यामरा तथा शक्तिशाली प्रोशेसरको साथ बजारमा प्रस्तुत गरिएको ग्यालेक्सी ए ७० ले ग्राहकलाई वेग्लै पहिचान प्रदान गर्ने छ,’ प्रणय रत्न स्थापितले भने ।
प्रभावशाली प्रस्तुति
प्रभावशाली क्यामरा, इमर्सिभ डिस्प्लेको साथ ग्यालेक्सी ए ७० ले विन्ज वाचर तथा मोबाइल फोनका पारखीहरुलाई निश्चय नै आकर्षित गर्ने छ । ग्यालेक्सी ए ७० अक्टाकोर क्वालकम स्न्याप ड्रयागन ६७५ प्रोसेरको साथ उपलब्ध छ, यसले सहजै रुपमा जस्तो सुकै कार्य छिटो गर्दछ । यसमा भएको ६ जीबी र्यामले मल्टीटास्किङ्गको अनुभवलाई सहजता प्रदान गर्दछ । यसमा एन्ड्रोइड पाइमा आधारित सामसङ यूजर इन्टरफेस रहेको छ, यो फोन एक हातमा सहजै लिन सकिन्छ ।
शक्तिशाली ४५०० एमएएच व्याट्रिले गर्दा मोबाइल फोन दुई दिन सहजै चल्न सक्छ । २५ वाटको सुपर फास्ट चार्जिङ्ग प्रविधि तथा युएसबी टाइप सि पोर्टको साथ उपलब्ध ग्यालेक्सी ए ७० ले प्रयोगकर्तालाई पूरै दिन कनेक्ट रहन मद्दत गर्ने छ ।
मूल्य तथा अफरहरु
ग्यालेक्सी ए ७० को मूल्य नेपाली बजारमा ४७ हजार ९९० रुपैयाँ रहेको छ । यो फोन अप्रिल २६ तारिखदेखि प्री-बुकिङ्गको लागि उपलब्ध रहेको छ । प्री-बुकिङ्ग गर्ने ग्राहकहरुले ३ हजार ८०० रुपैयाँ बराबरको एङ्कर कम्पनीको १०४०० एमएएचको पावर बैंक निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना स्टक रहुञ्जेलसम्म मात्र लागू हुने कम्पनीको भनाई छ ।
ग्यालेक्सी ए ७० यहि वैशाख १८ गतेदेखि नेपालभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध हुने छ । यो फोन नीलो र कालो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ बैशाख २०७६, मंगलवार