टिकटक माथिको प्रतिबन्ध भारतमा हट्यो, डाउनलोडका लागि फेरी उपलब्ध हुने

Technology Khabar १२ बैशाख २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमाथिको प्रतिबन्ध भारतले हटाएको छ । भारतको मद्रास हाई कोर्टले सो भिडियो शेयरिंग एपमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

टिकटकको तर्फबाट अदालतमा अरबिंद दातरले अनुरोध गर्दै यस्तो कुनैपनि व्यवस्था हुनसक्दैन जुन वैधानिकरुपमा मान्य हुन्छ तर न्यायिक रुपमा पूर्ण हुँदैन त्यसले यसमाथिको प्रतिबन्ध हटाउन माग गरे ।

उनले सो एपलाई प्रतिबन्ध लगाउनु समाधान नभएको भन्दै यूजर्सको अधिकारको सुरक्षा गर्नु महत्वपूर्ण भएको बताए ।

अदालतको आदेशपछि कम्पनीलाई ठूलो राहत भएको छ । किनकी यो प्रतिबन्धले कम्पनीलाई हरेक दिन ५ लाख डलर घाटा भईरहेको बताईएको छ ।

टिकटक भारतमा निकै लोकप्रिय रहेको छ भने कम्पनीकाअनुसार करिब ३० करोड मानिसहरु यसमा सक्रिय प्रयोग गरिरहेका छन् ।

यसअघि मद्रास हाई कोर्टले नै टिकटकमा प्रतिबन्ध लगाउने फैसलापछि गूगल र एप्पलले आफ्ना प्ले स्टोरबाट यो एप हटाएका थिए । तर अब भने पुन सो एप डाउनलोडका लागि उपलब्ध हुनेछ ।

भारतमा टिकटकले अश्लिलता फैलाएको आरोप लाग्दै आएपछि टिकटकको मूख्य कम्पनी बाइट डान्सले भारतमा अझै धेरै लगानी गर्ने बताएको थियो भने कर्मचारीहरुको संख्या पनि बढाउने घोषण गरेको थियो ।

प्रतिबन्ध लागेपछि कम्पनीले टिकटकबाट भारतमा मात्रै कम्यूनिटी गाइडलाइन उल्लंघन गर्ने ६० लाख भन्दा अधिक भिडियो हटाएको थियो । एजेन्सी

प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया