
काठमाडौं ।
सामसङले गत हप्ता विश्वको पहिलो २एनएम चिपसेटको रूपमा एक्सिनोस २६०० घोषणा गरेको थियो।
यो चिपसेट २०२६ को पहिलो त्रैमासिकमा ग्यालेक्सी एस२६ सिरिजमा डेब्यू हुने अपेक्षा गरिएको छ भने अब एक्सिनोस २६०० को आर्टिफिसियल इन्टेलिजेन्स क्षमताहरूको बारेमा केही थप विवरणहरू उपलब्ध भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
पूर्ण रूपमा नयाँ एनपीयूले सुसज्जित नयाँ चिपले एक्सिनोस २५०० भन्दा ११३ प्रतिशत सुधार प्रदान गर्ने दावी गरिएको छ भने अब चिपले डिभाइसमा आर्टिफिसियल इन्टेलिजेन्स कार्यहरूको लागि पनि उल्लेखनीय वृद्धि प्राप्त गर्ने पुष्टि भएको छ।
कोरियाली आर्टिफिसियल इन्टेलिजेन्स फर्म नोटाएआईले आफ्नो एआई मोडेल अप्टिमाइजेसन प्रविधि एक्सिनोस २६०० मा डिभाइसमा सिधै ठूला एआई मोडेलहरू चलाउन प्रयोग गरिने खुलासा गरेको छ।
नोटाएआईको नेट्सप्रेसो एआई अप्टिमाइजेसन प्लेटफर्मले एआई मोडेलहरूको आकारमा उल्लेखनीय रुपमा घटाउन ल्याउन अनुमति दिँदै अझै पनि सही परिणामहरू प्रदान गर्नेछ।
यो फर्म डिभाइस अनुरूप एआई मोडेलहरूलाई अनुकूलन गर्नको लागि विशेष रुपमा परिचित रहेको छ र सामसङ इन्जिनियरहरूलाई इन्टरनेट पहुँचको आवश्यकता बिना नै डिभाइसमा ठूला एआई मोडेलहरू चलाउन अनुमति दिनेछ।
दुई कम्पनीहरूले पहिले एक्सिनोस २५०० र २४०० को आर्टिफिसियल इन्टेलिजेन्स अनुकूलनमा सँगै काम गरिसकेका छन् र सामसङको एक्सिनोस एआई स्टुडियो टूलचेन सह–विकास गरेका छन्।
प्रकाशित: १७ पुष २०८२, बिहीबार