जर्मनीमा एनभिडिया र डोइच टेलिकमले १ अर्ब यूरोको डाटा सेन्टर निर्माण गर्ने

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार
जर्मनीमा एनभिडिया र डोइच टेलिकमले १ अर्ब यूरोको डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं ।

एनभिडिया र डोइच टेलिकमले जर्मनीको म्युनिखमा डाटा सेन्टर निर्माण गर्न सहकार्य गर्ने बताइएको छ।

अज्ञात स्रोतहरूले ब्लूमबर्गलाई दुई कम्पनीहरूले १ अर्ब यूरो (१.२ अर्ब अमेरिकी डलर) को परियोजनालाई संयुक्त रूपमा वित्तपोषण गर्नेछन् र यसको ग्राहकको रूपमा इन्टरप्राइज सफ्टवेयर कम्पनी एसएपी हुनेछ भनि बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

म्युनिखमा सुविधाको क्षमता, आकार र सही स्थान जस्ता विवरणहरूको बारेमा भने खुलासा गरिएको छैन।

त्यसैगरी डोइच टेलिकम र एनभिडियाका प्रवक्ताहरूले टिप्पणी गर्न अस्वीकार गरेको रिपोर्ट गरिएको छ।

दोस्रो त्रैमासिक आय कलको क्रममा, डोइच टेलिकमले जर्मनीमा युरोपेली निर्माताहरूको लागि विश्वको पहिलो औद्योगिक आर्टिफिसियल इन्टेलिजेन्स क्लाउड निर्माण गर्न एनभिडिया सँग काम गरिरहेको बताएको र यो २०२६ मा लन्च हुने उल्लेख गरिएको छ।

यो घोषणाले ब्लूमबर्ग रिपोर्टमा उल्लेख गरिएको झैँ उही सुविधालाई जनाउँछ कि जनाउँदैन भन्ने बारेमा स्पष्ट नभएको उल्लेख गरिएको छ।

त्यतिबेला, डोइच टेलिकमले परियोजना पश्चिमी राज्य नर्थ राइन–वेस्टफालियामा अवस्थित हुने बताएको छ र उक्त स्थान दक्षिणी राज्य बाभेरियामा अवस्थित म्युनिखबाट धेरै टाढा रहेको बताइएको छ।

युरोपेली संघको आर्टिफिसियल इन्टेलिजेन्स गिगाफ्याक्ट्री पहलको भागको रूपमा ठूलो स्तरको डाटा सेन्टर आयोजना गर्ने प्रस्ताव गर्ने कम्पनीहरूमा एसएपी र डोइच टेलिकम पनि समावेश रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २० कार्तिक २०८२, बिहीबार