काठमाडौं ।
निन्टेन्डोले मंगलबार मार्च २०२६ मा समाप्त हुने आर्थिक वर्षको लागि आफ्नो स्विच २ गेमिङ कन्सोलको बिक्री पूर्वानुमान १ करोड ९० लाख युनिट पुर्याएको छ। कम्पनीले यस अघिको बिक्री पूर्वानुमान १ करोड ५० लाख युनिट रहेको थियो।
क्योटो–आधारित गेमिङ कम्पनीले आफ्नो पूर्ण–वर्ष सञ्चालन नाफाको पूर्वानुमान १६ प्रतिशतले बढाएर ३७० अर्ब येन (२.४५ अर्ब डलर) पुर्याएको छ।
हिट स्विच डिभाइसको उत्तराधिकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको बीचमा बिक्रीमा आएको र यसले निन्टेन्डोको आपूर्ति श्रृंखला व्यवस्थापनलाई परीक्षणमा पारेको उल्लेख गरिएको छ।
निन्टेन्डोले सेप्टेम्बरको अन्त्यसम्ममा १०.३ मिलियन स्विच २ युनिट बिक्री गरेको छ र यो “मारियो कार्ट वल्र्ड” र “डङ्की कङ बोनान्जा” जस्ता शीर्षकहरूले थप उत्साह थपको जनाइएको छ।
वर्षको पूर्वाद्र्धमा कम्पनीको सञ्चालन नाफा अनुपात १३.२ प्रतिशत रहेको र यो एक वर्ष अघिको सोही अवधिमा २३.२ प्रतिशत भएको बताइएको छ।
वर्षको उत्तरार्धको प्रमुख किनमेल अवधिमा मागलाई समर्थन गर्ने खेलहरूमा “पोकेमोन लेजेन्ड्सः जेडए” र “किर्बी एयर राइडर्स” समावेश रहेका छन्।
निन्टेन्डोको शेयर आम्दानी रिलिज हुनुभन्दा ०.८ प्रतिशत अगाडि घटेको र वर्षको सुरुदेखि नै लगभग ४० प्रतिशतले बढेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार