सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि निकोलस भुसाल पक्राउ

  • Technology Khabar | १८ कार्तिक २०८२, मंगलवार
सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि निकोलस भुसाल पक्राउ

काठमाडौं ।

प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ। उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

भुसाल सोमबार गोरखा आएको र उनलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए।

सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो।

भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए।

सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै विरोध जनाउँदै आएका थिए।

प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार