लस भेगासका प्रहरीहरूले अब टेस्ला साइबरट्रक प्रयोग गर्ने

  • Technology Khabar | १७ कार्तिक २०८२, सोमबार
लस भेगासका प्रहरीहरूले अब टेस्ला साइबरट्रक प्रयोग गर्ने

काठमाडौं ।

लस भेगासको सक्रिय प्रहरी सेवामा अब केही पहिलो टेस्ला साइबरट्रकहरू आधिकारिक प्रहरी रङ्गहरूका साथ प्रयोग गरिएका छन्।

अर्बपति र प्राविधिक उद्यमी बेन होरोविट्जले प्रहरी बललाई दसओटा विद्युतीय सवारी साधनहरू प्रदान गरेको उल्लेख गरिएको छ।

अनप्लग्ड पर्फर्मेन्स कस्टमाइज (अनुकूलित) गरिएका उक्त साइबरट्रकहरूमा बत्तीहरू, साइरनहरू, पीए प्रणाली, र रग्ड टेरेनरिइनफोर्समेण्ट समावेश गरिएका छन्।

प्रत्येक गाडीले पाँच वर्षमा इन्धन र मर्मतसम्भारमा कम्तिमा ४७,५४० अमेरिकी डलर बचत गर्ने एलभीएमपीडीले भविष्यवाणी गरेको छ।

सवारी साधनहरू व्यावहारिक, शक्तिशाली हुनुका साथै अधिकारीहरुको सुरक्षा बढाउने शेरिफ केभिन म्याकमाहिलले बताए।

यी साइबरट्रकहरूले प्रहरी बलको लागि नयाँ उम्मेदवारहरूलाई आकर्षित गर्न मद्दत गर्ने अपेक्षा पनि गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १७ कार्तिक २०८२, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १७ कार्तिक २०८२, सोमबार

NOC from Nagarik App

  • १७ कार्तिक २०८२, सोमबार

E-pension verification system launched

  • १७ कार्तिक २०८२, सोमबार