‘मेरोनेप’ मोबाइल एप आधिकारिक रूपमा सार्वजनिक, विश्वभरका नेपालीलाई जोड्ने नयाँ पहल

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
‘मेरोनेप’ मोबाइल एप आधिकारिक रूपमा सार्वजनिक, विश्वभरका नेपालीलाई जोड्ने नयाँ पहल

काठमाडौं ।

नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विकसित ‘मेरोनेप’ मोबाइल एप अब आधिकारिक रूपमा आईओएस एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध भएको छ।

यो एप विशेष रूपमा संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभरका नेपालीहरूलाई जोड्न, जानकारी साटासाट गर्न र एकअर्कालाई साथ दिने लक्ष्यसहित तयार गरिएको हो। विकासकर्ताका अनुसार, “मेरोनेपले विश्वभर फैलिएका नेपालीहरूबीच साझा संस्कृतिको पुलको रूपमा काम गर्नेछ।”

यो एप विशेष गरी विदेशमा बसोबास गर्ने नेपाली, विदेश जाने तयारीमा रहेका विद्यार्थी, कामदार र परिवारका सदस्यहरूका लागि डिजाइन गरिएको छ। यसमा दूतावास सम्पर्क सूची, यात्रा र भिसा सहायता केन्द्र, सामुदायिक कार्यक्रम र रोजगारी सूचीहरू जस्ता उपयोगी जानकारीहरू समावेश छन्।

डेभलपरहरुका अनुसार यो एपमार्फत प्रयोगकर्ताले अमेरिकाको ड्यालसमा कोठा खोज्ने, न्युयोर्कमा नेपाली रेस्टुरेन्ट पत्ता लगाउने वा काठमाडौँमा भिसा जानकारी प्राप्त गर्ने सुविधा पाउनेछन्। यसमा सवारी, कोठा, रोजगारी, विद्यार्थी जीवन र अध्यागमनसम्बन्धी छलफलका लागि फरक–फरक समूहहरू पनि छन्।

साथै एपले नेपाली सांस्कृतिक कार्यक्रम, कन्सर्ट र सामुदायिक जमघटहरूका लागि विश्वव्यापी केन्द्रीय हब बन्ने लक्ष्य लिएको छ। सुरक्षित कुराकानीका लागि एन्ड-टु-एन्ड इन्क्रिप्टेड मेसेजिङ प्रणाली पनि समावेश गरिएको छ।

फेसबुक, इन्स्टाग्राम र रेडिटजस्ता विश्वव्यापी प्लेटफर्महरूबीच मेरोनेपले केवल प्रमाणित नेपाली प्रयोगकर्ताहरूका लागि विश्वसनीय र स्थानीयकृत स्थान उपलब्ध गराउने दावी गरेको छ। यसले प्रयोगकर्तालाई गलत जानकारीबाट बचाउने र समुदायमा विश्वासयोग्य डिजिटल वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २४ आश्विन २०८२, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २४ आश्विन २०८२, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २४ आश्विन २०८२, शुक्रबार