ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च ११५ अर्ब डलरसम्म पुर्‍याउने

Technology Khabar २३ भाद्र २०८२, सोमबार

ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च ११५ अर्ब डलरसम्म पुर्‍याउने

काठमाडौं ।

ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च (क्यास बर्न) तीव्र रूपमा बढाएर ११५ अर्ब डलरसम्म पुर्‍याउने भएको द इन्फर्मेशनले शुक्रबार जनाएको छ। यो नयाँ अनुमान अघिल्लो अपेक्षाभन्दा करिब ८० अर्ब डलर बढी भएको समाचार संस्थाले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको हो।

विश्वकै सबैभन्दा ठूला क्लाउड सर्वर भाडामा लिने कम्पनीहरूमध्ये पर्न थालेको ओपनएआईले यो वर्ष मात्रै ८ अर्ब डलरभन्दा बढी खर्च गर्ने अनुमान गरेको छ, जुन यसै वर्षको सुरुवाती प्रक्षेपणभन्दा १.५ अर्ब डलर बढी हो।

रोयटर्सका अगाडि आफ्नो बढ्दो खर्च नियन्त्रण गर्न ओपनएआईले आफ्नै डेटा सेन्टरका चिप र सुविधाहरू विकास गर्ने तयारी गरेको द इन्फर्मेशनले उल्लेख गरेको छ।

फाइनान्सियल टाइम्सका अनुसार, ओपनएआईले अमेरिकी सेमीकन्डक्टर कम्पनी ब्रडकमसँग साझेदारीमा अर्को वर्ष आफ्नै एआई चिप उत्पादन गर्नेछ। कम्पनीले उक्त चिप आफ्नै प्राविधिक आवश्यकताका लागि मात्र प्रयोग गर्ने र ग्राहकलाई बिक्री नगर्ने योजना बनाएको छ।

ओपनएआईले गत जुलाईमा ओरेकलसँग साझेदारी विस्तार गर्दै ४.५ गिगावाट डेटा सेन्टर क्षमताको योजना अघि सारेको थियो।

यो स्टारगेट पहलको हिस्सा हो, जसको लागत करिब ५०० अर्ब डलरसम्म पुग्नेछ र १० गिगावाटसम्म क्षमतामा विस्तार हुने लक्ष्य छ। यसमा जापानी लगानीकर्ता सफ्टबैंक समूह पनि संलग्न छ। साथै, कम्पनीले आफ्नो कम्प्युटिङ क्षमताका लागि गुगल क्लाउडलाई पनि आपूर्तिकर्ता सूचिमा थपेको छ।

द इन्फर्मेशनका अनुसार, ओपनएआईको खर्च अर्को वर्ष बढेर १७ अर्ब डलर नाघ्नेछ, जुन अघिल्लो प्रक्षेपणभन्दा १० अर्ब डलर बढी हो। २०२७ मा खर्च ३५ अर्ब डलर र २०२८ मा ४५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ।

Sajilo Visa

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार