भिभो भिजन अगस्ट २१ को कार्यक्रममा लन्च गरिने

  • Technology Khabar | २९ श्रावण २०८२, बिहीबार
भिभो भिजन अगस्ट २१ को कार्यक्रममा लन्च गरिने

काठमाडौं ।

भिभोको पहिलो मिक्स्ड रियालिटी (एमएक्स) हेडसेट अगस्ट २१ मा लन्च हुने भएको छ। ब्राण्डले वेईबो मार्फत विवरणहरू पुष्टि गर्दै कार्यक्रम अघि केही थप टिजरहरू साझा गरेको छ।

मेटल (धातु) निर्माण र डिस्प्लेहरू हाउजिङ गर्ने भाइजरको साथ यो डिभाइसमा एप्पलको भिजन प्रो जस्तै डिजाइन हुनेछ। साथै डिजिटल क्राउन एलिमेन्टले हेडसेटको ओपेसिटी नियन्त्रण गर्नेछ भने डिभाइसको पछाडि लाइट सिल र ब्याण्ड पनि रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

भिभो स्मार्ट डिभाइस उत्पादनका महाप्रबन्धक होङ यीले डिभाइसको बारेमा केही थप विवरणहरू साझा गरेका छन्। यो डिभाइस एप्पल भिजन प्रो जस्तै इमर्सिभ र सटीक हुने बताइएको छ जसमा ट्र«ु–थ्रि डायमेन्सनल नियन्त्रणहरू रहेका छन् जुन सम्भवतः एप्पलको हेडसेटको ह्याण्ड जेस्चर जस्तै हुने उल्लेख गरिएको छ। भिभोको हेडसेटमा अल्ट्रा–लाइटवेट डिजाइन हुने यीले थप साझा गरेका छन्।

भिभो भिजन तुरुन्तै ठूलो बजार उत्पादनमा भने नजाने उल्लेख गरिएको छ। यसको सट्टा, हेडसेट चीनभरि भिभो स्टोरहरूमा अनुभवको रूपमा उपलब्ध हुने बताइएको छ जसले प्रयोगकर्ताहरूलाई डिभाइस र यसको स्पासियल कम्प्युटिङ क्षमताहरू रिजर्भ गर्न र परीक्षण गर्न अनुमति दिनेछ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...