एप्पलले स्मार्ट सिरी ल्याउनेः यसले अझ धेरै काम गर्ने

Technology Khabar २६ श्रावण २०८२, सोमबार

काठमाडौं ।

एप्पलले सन् २०२४ मा प्रस्तुत गरेको परिमार्जित सिरी एक डिजिटल एसिस्टेण्ट (सहायक) हो जसले साधारण भ्वाइस कमाण्ड मार्फत जटिल कार्यहरू गर्न सक्छ।

एप्पल इन्टेलिजेन्सको सबैभन्दा महत्त्वपूर्ण अंश मानिएको सिरीको अपग्रेडमा कम्पनीले चुपचाप काम गरिरहेको र चाँडै नै जारी गर्ने बताइएको छ।

कम्पनीले सिरीमा ठूलो सुधार गरिरहेको एप्पलको बारेमा जानकार व्यक्ति मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा बताएको विदेशी मिडियाले रिपोर्ट गरेको छ।

यी सुधारहरू सहितको सिरी अर्को वर्ष जारी हुने तालिका रहेको छ। साथै यी सुधारहरूले अन्ततः सिरीलाई कम्तिमा केही उपयोगी कार्यहरू गर्न अनुमति दिने टेलीग्राफले रिपोर्ट गरेको छ।

सुरुमा, सिरीलाई धेरै विशिष्ट जानकारी फेला पार्न सक्ने सुविधाको रूपमा प्रस्तुत गरिएको थियो।

नयाँ सुधारहरूले सिरीलाई कम्तिमा पनि निम्न तवरका सरल कार्यहरू गर्न अनुमति दिनेछः

  • पोस्टमा कमेण्ट (टिप्पणी) गर्ने
  • विशिष्ट ईमेज फेला पार्ने, सम्पादन गर्ने र पठाउने
  • सपिङ कार्टमा केहि थप गर्ने
  • एप्लिकेसनमा लग इन गर्ने

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया