नेपाल प्रहरीको आपतकालीन नम्बर १०० आज चार घण्टा अवरूद्ध हुने

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
नेपाल प्रहरीको आपतकालीन नम्बर १०० आज चार घण्टा अवरूद्ध हुने

काठमाडौं ।

नेपाल प्रहरीको आपतकालीन नम्बर १०० को सेवा आज चार घण्टा अवरूद्ध हुने भएको छ। बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंमा नेपाल प्रहरीको हटलाइन नम्बरको फोन नलाग्ने भएको हो।

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयको भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षबाट उक्त कन्ट्रोल प्राविधिक मर्मत सम्भारका कारण सेवा अवरूद्ध हुन लागेको हो।

यसबीचमा प्रहरीलाई सम्पर्क गर्नुपरेमा प्रहरी कन्ट्रोल रूमको ९८५१२८३०२६ नम्बरमा सम्पर्क गर्न सकिनेछ भने ट्राफिक कन्ट्रोलको लागि १०३ र ९८५१२९५१०० मा सम्पर्क गर्न सकिनेछ।

यस बाहेक, जिल्ला प्रहरी परिसर काठमाडौंमा ९८५१२८३०१२, ललितपुरमा ९८५१२८३०१७ र भक्तपुरमा ९८५१२८३०२० मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • १४ श्रावण २०८२, बुधबार