Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
भिभो वाई–सिरिजमा नयाँ भिभो वाई४०० थपिएको छ। यो फोरजी डिभाइसमा स्न्यापड्रागन ६८५ चिपसेट, पानी र धुलो विरुद्ध आईपी६८/६९ रेटिङको साथ ६,००० एमएएचको ठूलो ब्याट्री रहेको छ।
वाई४०० मा एफएचडी+(प्लस) रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्चको एएमओएलईडी डिस्प्ले रहेको छ। यसले सम्पूर्ण डीसीआई–पी३ कलर ग्यामटलाई समेट्छ भने १,८०० निट्स पीक ब्राइटनेस प्रदान गर्दछ।
डिभाइसको पछाडि ५० मेगापिक्सेलको (आइएमएक्स८५२) मुख्य क्यामरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेका छन्। सफ्टवेयरतर्फ एन्ड्रोइड १५ मा आधारित फनटच ओएस १५ द्वारा कभर गरिएको छ भने ६,००० एमएएच ब्याट्रीले ४४ वाट चार्जिङलाई समर्थन गर्नेछ।
भिभो वाई४०० पर्पल ट्वाइलाइट र ट्रपिकल ग्रीन रङ्गहरूमा आउने जनाइएको छ। यो डिभाइसको आधिकारिक मूल्य निर्धारण र उपलब्धता विवरणहरू भने अझै उपलब्ध छैनन्। फोन चाँडै दक्षिणपूर्व एशियाभरिका धेरै बजारहरूमा लन्च हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार