Technology Khabar ९ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । मोटोरोलाले आफ्नो चर्चित रेजर (Razer) ब्राण्डलाई पुन शुरु गर्ने तयारी गरिरहेको छ, जसअन्तरगत कम्पनीले मोड्नसकिने किसिमको फोन ल्याउने भएको छ ।
हालै कम्पनीले दर्ता गरेको एक पेटेन्टअनुसार कम्पनीले फोल्डिंग डिस्प्लेसहितको स्मार्टफोन ल्याउन लागेको छ ।
हालै आएको एक रिपोर्टअनुसार मोटो रेजर(Moto RAZR) मा नयाँ प्रविधि र फीचरहरु हुनेछन तर यो हेर्दा भने पुरानो मोटो रेजर जस्तै देखिनेछ ।
यसमा मोड्नसकिने डिस्प्ले भएपनि यसलाई क्लामशेल स्मार्टफोनको रुपमा ल्याउने तयारी रहेको छ । यो फोनमा एउटा ठूलो स्क्रीन हुनेछ र अर्को त्यो भन्दा सानो स्क्रीन हुनेछ ।

यसअघि आएको एक रिपोर्टमा मोटोरोलाले ल्याउने रेजर ब्राण्डको फोनको मूल्य १५०० अमेरिकी डलर तोकिने बताईएको थियो ।
संभवत यो नयाँ स्मार्टफोन लिमिटेड एडिशनमा आउनेछ, किनकी यसको मूल्य १५०० निकै महंगो हो । यो नयाँ स्मार्टफोन कम्पनीले संभवत फेब्रुअरीमा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।
हाल यो फोन परिक्षणको चरणमा रहेको रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: ९ माघ २०७५, बुधबार