टिभिएस ग्रान्ड एक्स्चेन्जको बिजेता राज कुमार भए, स्ट्राइकर १२५ सिसी बाईक जिते

  • Technology Khabar | ८ माघ २०७५, मंगलवार
टिभिएस ग्रान्ड एक्स्चेन्जको बिजेता राज कुमार भए, स्ट्राइकर १२५ सिसी बाईक जिते

काठमाडौं ।

काठमाडौं । टिभिएस मोटर कम्पनीको वितरक जगदम्बा मोटर्सले ग्रान्ड एक्स्चेन्ज कार्यक्रमको पुरस्कार विजेताको घोषणा गरेको छ। लक्की ड्रमार्फत राज कुमार श्रेष्ठले बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सिसी मोटरसाइकल प्राप्त गरेका छन्।

पुष २९ गतेसम्म आयोजित ग्रान्ड एक्स्चेन्ज कार्यक्रममा जुनसुकै कम्पनीको बाइक वा स्कुटरसँग सटही सुविधाको व्यवस्था गरिएको थियो। सो अवसरमा उपहारका साथ साथै छुटको पनि व्यवस्था थियो।

एक्सचेन्ज कार्यक्रममा ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज भएको जगदम्बा मोटर्सले जनाएको छ।

कार्यक्रममा २० प्रतिशत डाउनपेमेन्टमा शून्य ब्याजदर, ८ हजारसम्मको उपहार ९हेल्मेट, पन्जा, बाइक कभर र ब्याग, न्युनतम २५ हजार रुपैयाँको मुल्यांकन, ७ देखि १० हजारसम्मको नगद छुटको व्यवस्था गरिएको थियो।

प्रकाशित: ८ माघ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...