थ्रीडी फेसियल रिकग्निसन भएको अन्डर–डिस्प्ले सेल्फी क्यामराको परीक्षण गर्दै चिनियाँ एन्ड्रोइड निर्माताहरू

  • Technology Khabar | ३२ असार २०८२, बुधबार
थ्रीडी फेसियल रिकग्निसन भएको अन्डर–डिस्प्ले सेल्फी क्यामराको परीक्षण गर्दै चिनियाँ एन्ड्रोइड निर्माताहरू

काठमाडौं ।

आजको स्मार्टफोन बजारमा थ्रीडी फेसियल रिकग्निसन हार्डवेयर एक विलासिता बनेको छ र एप्पल आफ्नो आईफोनहरूमा लगातार फेस आईडी प्रदान गर्ने एक मात्र प्रमुख खेलाडी बन्दै आएको छ।

नयाँ रिपोर्ट अनुसार, धेरै चिनियाँ स्मार्टफोन निर्माताहरूले आन्तरिक रूपमा अन्डर–स्क्रिन क्यामरा र थ्रीडी फेस रिकग्निसन भएका डिभाइसहरूको परीक्षण गरिरहेका छन्।

टिपस्टर डिजिटल च्याट स्टेशनबाट आएको यो रिपोर्टले अब चाँडै नै बायोमेट्रिक प्रमाणीकरणको लागि “इन्भिजिबल” (अदृश्य) सेल्फी क्यामरा भएका डिभाइसहरूको पहिलो उत्पादन देखा पर्ने सम्भावना रहेको सुझाव दिएको छ। अहिलेको लागि कुनै विशेष निर्माता वा मोडेलको बारेमा भने उल्लेख नगरिएको बताइएको छ।

आईफोनहरूमा थ्रीडी फेस रिकग्निसन भएको केही समय भइ सक्दा पनि एन्ड्रोइड डिभाइसहरूमा भने यो अझै पनि दुर्लभ नै रहेको देखिन्छ। अनर यो सुविधा प्रदान गर्ने एक मात्र निर्माता हो र यसको सबैभन्दा भर्खरको उदाहरण म्याजिक७ प्रो हो।

त्यसैगरी अन्डर–डिस्प्ले (यूडी) सेल्फी क्यामरा भएका केही एन्ड्रोइड डिभाइसहरूमा मुख्यतया जेडटीई नुबिया लाइनअपबाट जेड७०एस अल्ट्रा पनि हो। थ्रीडी फेस स्क्यानिङ र यूडी क्यामरा गरी दुवै सुविधा भएको डिभाइस भने अहिलेसम्म देखिएको छैन।

त्यसैले यो प्रविधि कसरी विकास हुन्छ र कुन ब्राण्डले दुवै सुविधाहरू संयोजन गर्ने पहिलो डिभाइस जारी गर्छ भनेर हेर्न रोचक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३२ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...