दुई दिने क्याथफेष्ट २०१९ शुरु, सफ्टवेयर र हार्डवेयर प्रदर्शनीका साथ ‘ड्रोन रेस’

Technology Khabar २९ पुष २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ विहिवारबाट सुरु भएको छ ।

“नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्न खोजिएको कलेजका प्राचार्य डा. मधु सूदन कायस्थले बताए ।

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफलगायत विविध कार्यक्रमहरू समावेश छन् ।

विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ ।

प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: २९ पुष २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२९ पुष २०७५, आईतवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२९ पुष २०७५, आईतवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२९ पुष २०७५, आईतवार