एप्लिकेसन

मुस्ताङमा तीर्थयात्री र पर्यटकलक्षित टेलिमेडिसिन सेवा सुरु गरिने

मुस्ताङमा तीर्थयात्री र पर्यटकलक्षित टेलिमेडिसिन सेवा सुरु गरिने
बिङ एआई इमेज क्रियटरमार्फत् सिर्जना गरिएको सांकेतिक तस्बिर।
Global IME Bank

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुस्ताङ आउने तीर्थयात्री र पर्यटकलाई लेक लागेर बिरामी हुने समस्या बढ्दै जान थालेपछि ‘हाई अल्टिच्युड’ उपचार कक्ष बनाउने भएको छ।

कागबेनीमा स्नान गरी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटक बढेसँगै लेक लागेर समस्यामा पर्न थालेपछि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपचार कक्षमा आवश्यक स्वास्थ्यकर्मीसहित उपकरणका लागि पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी मुक्तिनाथ विकास समितिमार्फत एम्बुलेन्स खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए। बिरामी पर्यटक तथा तोर्थयात्रीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक
अस्पताल जोमसोम पुयाउन तथा थप उपचारका लागि समेत जिल्लाबाहिर लैजान एम्बुलेन्सको आवश्यकता रहेकाले गाउँपालिकाले नोति तथा कार्यक्रममार्फत सर्वसम्मतिले पारित गरेको छ।

कागबेनीमा स्वर्गीय आफन्तको सम्झनामा तर्पण दिएमा मनोकांक्षा पूरा हुने जनविश्वासमा मुक्तिनाथमा दर्शन गर्न बर्सेनि लाखौं नेपाली तथा भारतीयसहित तेस्रो मुलुकबाट पनि तोर्थयात्री आउने गरेका छन्।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care