भीभो मोबाइलको दोस्रो टप ब्राण्ड बन्ने योजना, नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्दै

Technology Khabar २६ पुष २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । भीभोले नेपाली बजारमा आफ्नो बिक्री टार्गेट भन्दा अधिक डिभाइस बिक्री गर्न सफल भएको छ ।

कम्पनीले नेपाली बजारमा प्रवेशको पहिलो वर्षमै आफ्नो लक्ष्य भन्दा धेरै बिक्री गरेर सय प्रतिशत भन्दा बढि सफलता पाएको जानकारी दिएको छ ।

नेपाली बजारमा कम्पनी सन् २०१७ नोभेम्बरदेखि बिक्री शुरु गरेको थियो ।

सो अवधिमा कम्पनीले नेपाली बजारमा भी सिरिजमा भीभो भी ११ र भी ११ प्रो, भी नाइन, भी नाइन यूथ, भी सेभेन ल्याएको थियो । त्यसैगरि सो अवधिमा कम्पनीले वाई सिरिजमा भीभो वाई ५३, वाई ६५, वाई ७१, वाई ८५, वाई ८१, वाई ८१ आई लन्च गरेको थियो ।

भीभो नेपालले २०१८ सेप्टेम्बरमा भीभो भी ११ प्रो लन्च गरेको थियो

कम्पनीका भी सिरिजका स्मार्टफोनहरु हाई एण्ड सिरिजको रुपमा बजारमा आएका हुन भने वाई सिरिजका फोनहरु बजेट स्मार्टफोनको रुपमा बिक्री गर्दै आएको छ ।

कम्पनीकाअनुसार काठमाडौं उपत्यकासहित, नारायणघाट, जनकपुर, बिरगंज, धनगढी, सुर्खेत, पोखरा, बिराटनगर, बिर्तामोड, वुटवल, नेपालगंजलगायतका क्षेत्रहरुमा आफ्नो डिभाइसहरु आधिकारिकरुपमा उपलब्ध गराउँदै आएको छ ।

भीभोले भी सिरिजको भी सेभेन, भी नाइन र भी ११ ले बजारमा निकै राम्रो प्रतिकृया प्राप्त गर्न सफल भएको थियो ।

कम्पनीले सन् २०१९ मा वाई सिरिजका नयाँ मोडलहरु वाई ९१, वाई ९१ आई र वाई ९५ सार्वजनिक गर्दैछ भने भी सिरिजमा भी १५ ल्याउने तयारी गरिरहेको छ।

हालै विश्व बजारमा भीभोले सार्वजनिक गरेको ड्यूल डिस्प्ले भएको भीभो नेक्सले निकै राम्रो कमेन्ट प्राप्त गर्न सफल भएको थियो । तर सो डिभाइस नेपाली बजारमा भने आउनेछैन् ।

कम्पनीले सन् २०१९ मा डिजिटल मार्केटिंगमा थप लगानी गर्ने योजना ल्याएको छ भने नेपालको पूर्वी र पश्चिमका क्षेत्रहरुमा बिक्री बिस्तार गर्ने योजना लिएको कम्पनीका डिजिटल मार्केटिंग अफिसर पियुस गिरीले जानकारी दिए ।

‘हामी नयाँ वर्षमा थप प्रमोशनल क्याम्पेन गर्नुका साथै नयाँ नयाँ स्कीमहरु पनि ल्याउने तयारीमा छौं, र अर्को वर्ष हामी प्रमुख दुई ब्राण्डमध्येमा पर्ने योजना छ,’ उनले भने ।

प्रकाशित: २६ पुष २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२६ पुष २०७५, बिहीबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२६ पुष २०७५, बिहीबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२६ पुष २०७५, बिहीबार