कामपा वडा नं १० मा साइबर सुरक्षा सचेतना कार्यशाला

Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

डिजिटल सुरक्षासम्बन्धी ज्ञान सुदृढ गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. १० का कर्मचारीहरू र महिला समितिका सदस्यहरूलाई लक्षित गरी गत  ५ र ६ जुनमा दुईदिने साइबर सुरक्षा सचेतना कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

जेनेस सलुशनका सम्पन्न श्रेष्ठले कार्यशालाको पहिलो दिन महिला समितिलाई सशक्त बनाउने लक्ष्यसहित साइबर सुरक्षासम्बन्धी जोखिमहरू, सुरक्षित अनलाइन व्यवहार, र डिजिटल सुरक्षा रणनीतिहरूबारे जानकारी प्रदान गरे। दोस्रो दिन वडा अध्यक्षसहित वडा कार्यालयका कर्मचारीहरूलाई सरकारी डिजिटल सम्पत्तिको सुरक्षाका लागि आवश्यक साइबर सुरक्षा सीपहरू प्रदान गर्यो

कम्पनीकाअनुसार, कार्यशालाका सहभागीहरूले पासवर्ड सुरक्षादेखि फिसिङ (phishing) पहिचान, सुरक्षित इन्टरनेट ब्राउजिङ, र मोबाइल सुरक्षा लगायतका विषयमा अन्तरक्रियात्मक सत्रमा भाग लिएका थिए। प्रयोगात्मक अभ्यास र वास्तविक घटनाका उदाहरणहरूमार्फत व्यवहारिक सिकाइलाई प्राथमिकता दिइयो, जसले गर्दा सहभागीहरु साइबर खतरा चिन्न र प्रतिकार गर्न सक्ने भएका थिए ।

यस पहलले स्थानीय शासन तथा सामुदायिक संस्थाहरूमा साइबर सुरक्षा चेतनाको बढ्दो आवश्यकतालाई उजागर गर्नुका साथै काठमाडौं महानगरपालिकाको डिजिटल सुरक्षाप्रति प्रतिबद्धतालाई पनि मदत गरेको जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया