काठमाडौं ।
माइक्रोसफ्ट बिङले सोमबार बिङ एपमा बिङ भिडियो क्रियटर ल्याउँदैछ, जसले ओपनएआईको सोरा मोडेल प्रयोग गरेर प्रयोगकर्ताहरूलाई टेक्स्टबाट भिडियो बनाउन दिने घोषणा गरेको छ।
माइक्रोसफ्टसँग लामो साझेदारी रहेको ओपनएआईले सोराको भिडियो जेनेरेसन सेवा भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि मात्रै सीमित गरेको छ। माइक्रोसफ्ट बिङमा यसको एकीकरण पहिलो पटक निःशुल्क रूपमा उपलब्ध गराइएको हो।
टेकक्रञ्चका अनुसार सुरुआतमा बिङ भिडियो क्रियटर डेस्कटपमा उपलब्ध छैन, र “छिटो” मोड प्रयोग गर्दा पनि भिडियो बनाउन केही घण्टा लाग्न सक्छ, जबकि यो मोडले केही मिनेटमै तयार पार्न सक्नुपर्ने हो।
माइक्रोसफ्ट खातामा लगइन गरेका सबै प्रयोगकर्ताहरूले बिङ एप प्रयोग गरेर निःशुल्क रूपमा १० वटा भिडियो क्लिप बनाउन सक्छन्। त्यसपछि प्रत्येक भिडियोका लागि प्रयोगकर्ताले १०० माइक्रोसफ्ट रिवार्ड्स अंक तिर्नुपर्छ।
यी अंकहरू बिङमा सर्च गर्दा वा माइक्रोसफ्ट स्टोरमा किनमेल गर्दा प्राप्त हुन्छन् — उदाहरणका लागि, बिङ मा पीसीबाट सर्च गर्दा प्रति सर्च ५ अंक प्राप्त हुन्छ, जुन प्रतिदिन अधिकतम १५० अंकसम्म सीमित हुन्छ।
प्रयोगकर्ताहरूले एक पटकमा तीनवटा ५ सेकेन्ड लामो भिडियोहरू बनाउने अनुरोध गर्न सक्छन् — हाललाई भिडियोको लम्बाइ परिवर्तन गर्न सकिने सुविधा छैन।
हालसम्म भिडियोहरू केवल ९:१६ को ठाडो अनुपातमा बनाइन्छन्, सम्भवतः प्रयोगकर्तालाई टिकटक वा इन्स्टाग्राममा साझेदारी गर्न प्रेरित गर्न। छिट्टै तेर्सो ९:१६ आस्पेक्ट रेशियोका अपलोडहरू पनि उपलब्ध हुनेछन्।
प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार