Technology Khabar १८ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
भिभोले बिहीबार चीनमा भिभो एस३० सिरिजको दुई नयाँ मोडेलहरू लन्च गरेको छ। भेनिला एस३० मा ६.६७–इन्चको एएमओएलईडी (एफएचडी+ १२०हर्ज) र स्न्यापड्रागन ७ जेन ४ चिप समावेश गरिएको छ। त्यसैगरी एस३० प्रो मिनीमा ६.३१–इन्चको एलटीपीओ एएमओएलईडी (एफएचडी+ १२०हर्ज) र मिडियाटेकको डाइमेन्सिटी ९३००+चिप समावेश गरिएको छ।
एस३० प्रो मिनी र एस३० मा समान ६,५००एमएएच ब्याट्री रहेको बताइएको छ। उक्त ब्याट्रीले ९० वाट चार्जिङको सर्मथन गर्ने उल्लेख गरिएको छ। एस३० प्रो मिनी १५०×७१.७×७.९९एमएम मापन गर्दछ र तौल १८६ ग्राम रहेको छ। त्यसैले एस३० प्रो मिनी भिभो एक्स२०० प्रो मिनी जस्तै आकारको श्रेणीमा राखिएको जनाइएको छ।
दुबै एस३० फोनहरूमा ट्रिपल क्यामेरा सेटअपहरू समावेश गरिएका छन् जसमा ५० मेगापिक्सेलको मुख्य (२३एमएम), ५० मेगापिक्सेलको ३ह पेरिस्कोप टेलिफोटो (७०एमएम) र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेका छन्। एस३० मा ओआईएस सहितको सोनीको एलवाईटी–७००भी सेन्सर छ भने एस३० प्रो मिनीमा बढी सक्षम आईएमएक्स९२१ सेन्सर रहेको उल्लेख छ। साथै दुबैले पेरिस्कोप लेन्सको लागि आईएमएक्स८८२ साझा गर्दछन्।
त्यसैगरी दुबै फोनमा अटोफोकस र अप्टिकल फिङ्गरप्रिण्ट स्क्यानरहरू सहितको ५० मेगापिक्सेलको फ्रण्ट–फेसिङ क्यामराहरू पनि रहेको छ। एस३० ले आईपी६४ पानी र धुलो प्रतिरोधी प्राप्त गरेको छ भने एस३० प्रो मिनीले प्रेसराइज्ड वाटर जेटहरू विरुद्ध उत्कृष्ट आईपी६८/६९ रेटिङ प्रदान गर्दछ। सफ्टवेयरतर्फ एन्ड्रोइड १५ मा आधारित ओरिजिनओएस ५ द्वारा कभर गरिएको छ।
भिभो एस३० पीच पिङ्क, मिन्ट ग्रीन, लेमन येलो, र कोको ब्ल्याक रङ्गहरूमा आएको उल्लेख गरिएको छ।
भिभो एस३० प्रो मिनी कूल बेरी पाउडर, मिन्ट ग्रीन, लेमन येलो, र कोको ब्ल्याक रङ्गहरूमा आउने बताइएको छ।
दुबै फोनहरू चीनमा भिभोको आधिकारिक अनलाइन स्टोरबाट प्रि–अर्डरको लागि उपलब्ध छन्। त्यसैगरी जुन ६ तारिखमा दुबै फोनहरूको डेलिभरी सुरु हुने तालिका रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार