Technology Khabar ५ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि- बजेट अफर ल्याएको छ। यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागू गरिएको छ।
यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो। यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन्।
कम्पनीका अनुसार प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन्। साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन्।
यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ।
यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको विबिधा प्रदान गर्ने एउटा सक्रिय पहल भएको र इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरुममा जान प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।
लक्ष्मी हुन्डाईले री-लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डीसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन्।
साथै ग्राहकहरूलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्रीपछिको समर्ष सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता छ।
प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार