
काठमाडौं ।
फ्रान्स र बेलायतको संयुक्त स्याटेलाइट सेवा प्रदायक ईयुटेलस्याटले हाल फ्रान्स टेलिकम कम्पनी ओरान्जका कार्यकारी जीन-फ्रान्सोआ फालाशेयरलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने भएको छ।
ईयुटेलस्याटले सोमबार दिएको जानकारी अनुसार यो निर्णय अप्रत्याशित रूपमा लिइएको हो। कम्पनी यतिबेला युरोपेली रक्षा सञ्चारमा आफ्नो भूमिकाका कारण विशेष ध्यानमा परेको छ।
हाल ओरान्ज फ्रान्सका सीईओ रहेका फालाशेयरले आगामी जुन १ देखि कार्यभार सम्हाल्नेछन्। यो समयमा युटेलसाटले आफूलाई थप लगानी आवश्यक भएको जनाएको छ। उनले एवा बर्नेकलाई स्थान लिनेछन्, जो पछिल्ला दुई वर्षदेखि कम्पनीको नेतृत्व गर्दै आएकी थिइन्।
रोयटर्सका अनुसार फ्रान्सेली नागरिक फालाशेयरले यस्तो समयमा कार्यभार सम्हाल्नेछन्, जब युरोपले एलन मस्कको स्टारलिंकमा निर्भरता घटाउन स्वदेशी व्यावसायिक तथा रक्षा स्याटेलाइट सञ्चार विकल्पहरूको खोजी गरिरहेको छ।
“यो नियुक्ति स्वाभाविक परिवर्तनको रूपमा आएको हो, जसले ईयुटेलस्याटलाई टेलिकम प्रणालीसँग पूर्णरूपमा जोडिएको बनाउँछ,” कम्पनीले भनेको छ। घोषणापछि सुरुमा कम्पनीको सेयरमा गिरावट आएको थियो, तर त्यसपछि पुनः उकालो लाग्दै केही बढेको थियो।
बर्नेकले २०२३ मा बेलायती कम्पनी वनवेबसँगको मर्जरपछि ईयुटेलस्याटको नेतृत्व गरेकी थिइन्। उक्त मर्जर युरोपमा स्याटेलाइट कनेक्टिभिटीको भूमिकामा चासो फेरि बढाएको थियो।
वनवेबको अधिग्रहणपछि ईयुटेलस्याटसँग ईलन मस्कको स्टारलिंकबाहेक संसारकै दोस्रो न्यून पृथ्वी कक्षा (एलईओ ) स्याटेलाइट समूहको नियन्त्रण आएको थियो।
युक्रेनमा इन्टरनेट सेवा दिन ईयुटेलस्याटले स्टारलिंकको विकल्प बन्ने सम्भावनाका खबरहरू आउन थालेपछि मार्चको सुरुमा कम्पनीको सेयर मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि भएको थियो।
बर्नेकले गत महिनामा दिएको जानकारी अनुसार, कम्पनीले एक जर्मन वितरकमार्फत युक्रेनमा उच्चगति स्याटेलाइट इन्टरनेट सेवा लगभग एक वर्षदेखि उपलब्ध गराउँदै आएको छ।
“युरोप सशक्त सार्वभौम अन्तरिक्ष खेलाडी बन्ने दिशामा अग्रसर छ र टेलिकम कनेक्टिभिटी प्रणालीसँग मजबुत रूपमा जोडिन लागेको विश्वसँग पूर्ण तालमेल मिलाउन ईयुटेलस्याट तयार छ,” बर्नेकले आफ्नो बिदाइ सन्दर्भमा लिंक्डइनमा लेखेकी छिन्।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार