
काठमाडौं ।
गुगलको सेल्फ–ड्राइभिङ कार शाखा ‘वेमो’ र टोयोटा नयाँ साझेदारीको प्रारम्भिक चरणमा छन्। दुई कम्पनी बीचको सहकार्यले स्वायत्त ड्राइभिङ प्रविधिको निर्माण र तैनाथीलाई प्राथमिकता दिने उल्लेख छ।
यसमा नयाँ स्वायत्त सवारी साधन प्लेटफर्म समावेश हुनेछ भनि कम्पनीहरूले घोषणा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
व्यक्तिगत सवारी साधन स्वामित्वको भविष्य सुधार गर्ने लक्ष्य राख्दै, सहकार्यले टोयोटाको कार निर्माणमा विशेषज्ञता र वेमोको रोबो–ट्याक्सीको ज्ञानमा निर्माण गर्ने उल्लेख गरिएको छ।
साझेदारी हाल प्रारम्भिक चरणमा रहेको हुनाले यसको बारेमा अरू जानकारी उपलब्ध नभएको उल्लखे छ।
यो प्राविधिक जडानको उद्देश्य भनेको ‘भोल्युम’ (मात्रा) बढाउनेमा केन्द्रित हुनेछ भनि टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २१ बैशाख २०८२, आईतवार