एप्पलले आफ्नो भिजन प्रो २ को तौल घटाउन टाइटेनियम प्रयोग गर्ने

Technology Khabar ७ बैशाख २०८२, आईतवार

काठमाडौं ।

एप्पल भिजन प्रोको उच्च मूल्य पछि दोस्रो कमजोर पक्ष भनेको, यसको तौल भएको बताइएको छ। एप्पलले आफ्नो दोस्रो पुस्ताको डिभाइसमा तौल घटाउनको लागि धेरै प्रयास गरिरहेको रिपोर्ट गरिएको छ। टिपस्टर कोसुतामीले एक्समा, एप्पलले भिजन प्रो २ को निर्माणमा टाइटेनियम समावेश गरेर तौल घटाउने योजना बनाएको उल्लेख गरेका छ।

एप्पलले सम्पूर्ण चेसिसको लागि नभएर डिभाइसको प्रायः आन्तरिक निर्माणको लागि मात्र टाइटेनियम प्रयोग गर्नेछ भनि एक्स थ्रेडले खुलासा गरेको छ। हेडसेटको बाहिरी भाग अझै पनि एल्युमिनियमको हुनेछ भने यो “गाढा ग्रेफाइट नीलो” जस्तो देखिने कालो रङ्गको हुने उल्लेख गरिएको छ जसले आईफोन ५ युगको सम्झना दिलाउने छ।

यसबाहेक, एक्स पोस्टले एप्पलको नयाँ हल्का डिजाइनको सम्भवतः “भिजन प्रो २” नभइ “भिजन” वा “भिजन एयर” भनिने अर्को एआर हेडसेटको बारेमा पनि उल्लेख गरेको छ।

एप्पलले अर्को पुनरावृत्तिको साथ डिभाइसको लागत घटाउने प्रयास गरिरहेको हुनाले टाइटेनियम समग्र बिलमा कसरी फिट हुनेछ भनेर हेर्न रोचक हुने बताइएको छ र टाइटेनियम भने धेरै महँगो हुने गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया