Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
गुगल हाल गुगल प्ले सेवाहरूको लागि पछिल्लो अपडेट जारी गर्ने प्रक्रियामा छ। यसले एन्ड्रोइड निर्मातालाई वास्तविक ओएस अपडेटहरू बाहिर केही अपडेटहरू जारी गर्न अनुमति दिन्छ र यस पटक ठ्याक्कै त्यस्तै भइरहेको बताइएको छ।
एक पटक तपाईंको एन्ड्रोइड फोनले २५.१४ लेबल गरिएको नवीनतम गुगल प्ले सेवाहरू अपडेट प्राप्त गरेपछि, अब यदि तपाईंको फोन लगातार तीन दिनसम्मको लागि लक गरिएको छ भने यो स्वचालित रूपमा रिस्टार्ट हुनेछ।
यो एक सुरक्षा सुविधा भएको बताइएको छ जसले फोनलाई यसको “बिफोर फर्स्ट अनलक” स्टेट (अवस्था)मा लैजाने छ र जहाँ यो स्वतः रिबुट पछि ल्याण्ड हुनेछ। यस अवस्थामा, डाटा इन्क्रिप्ट हुने र फोन यसको “आफ्टर फर्स्ट अनलक” स्टेट (पहिलो अनलक पछिको अवस्था) मा हुँदाको तुलनामा पहुँच गर्न गाह्रो हुने उल्लेख गरिएको छ।
एप्पलले गत वर्ष आईओएस १८.१ मा यस्तै सुविधा लन्च गरेको (इनएक्टिभिटी रिबुट भनिन्छ) र गुगलले पनि त्यसलाई पछ्याएको देख्नु राम्रो भएको बताइएको छ। यसले वेयर ओएस डिभाइसहरूमा नभइ एन्ड्रोइड फोन र ट्याब्लेटहरूमा मात्र काम गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार