खराब मौसमका कारण हुन सकेन अमेजनको प्रोजेक्ट कुइपरको प्रक्षेपण

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
खराब मौसमका कारण हुन सकेन अमेजनको प्रोजेक्ट कुइपरको प्रक्षेपण

काठमाडौं ।

मौसमले अवरोध पुर्‍याएपछि अमेजनले आफ्नो नयाँ स्पेस इन्टरनेट परियोजना ‘प्रोजेक्ट कुइपर’ को प्रक्षेपण हुन नसकेपछि कम्पनीको पहिलो स्याटेलाइटहरू प्रक्षेपण हेर्न केही समय कुर्नुपर्ने भएको छ।

अप्रिल ९ मा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट २७ वटा कुइपरइन्टरनेट सेटेलाइटहरू कक्षमा पुर्‍याउने प्रयास गरिएको थियो। तर प्रक्षेपण स्थल नजिक बाक्लो बादल लागेकाले प्रक्षेपण नियम उल्लंघन भएको र त्यसैले प्रक्षेपण गर्न नसकिएको युनाइटेड लञ्च अलायन्स (यूएलए) का अधिकारीहरूले बताएका छन्।

यूएलएका प्रक्षेपण टिप्पणीकार केलेब वाइसले लाइभस्ट्रिममा भने, ” अमेजन प्रोजेक्ट कुइपर१ को प्रक्षेपण आजका लागि अगाडि नबढाउने निर्णय पुष्टि भएको छ। हामी अमेरिकी स्पेस फोर्स स्पेस लञ्च डेल्टा ४५ सँग मिलेर अर्को प्रक्षेपणको समय तय गर्नेछौं।”

स्पेस डटकमका अनुसार स्थानीय समयअनुसार बेलुका ७ बजे (२३०० जीएमटी) बाट दुई घण्टाको प्रक्षेपण विन्डो खुलेको थियो। यो अवधिभर मौसम नराम्रो रह्यो। प्रक्षेपण नियन्त्रण कक्षले केही प्राविधिक समस्या समाधान गर्न सके पनि प्रक्षेपण स्थलको १० माइलभित्र रहेको बाक्लो बादल र वर्षा प्रमुख चिन्ताको विषय बनेको थियो।

प्रोजेक्ट कुइपर सएक्सको स्टारलिंकजस्तै, संसारभर उच्च गतिको इन्टरनेट सेवा दिनका लागि अमेजनको प्रयास हो। कम्पनीले आगामी वर्षहरूमा ३,२०० ब्रोडब्यान्ड स्याटेलाइटहरूको तारामण्डल निर्माण गर्ने लक्ष्य लिएको छ।
यूएलएले पहिलो कुइपर स्याटेलाइटहरू प्रक्षेपण गरिरहेको भए पनि अमेजनले परियोजनाका लागि विभिन्न प्रक्षेपण सेवाहरू प्रयोग गर्ने योजना बनाएको छ। यसमा यूएलएको नयाँ भल्कन सेन्टाउर रकेट, एरियनस्पेसको बुस्टर, ब्लू ओरिजिनको न्यु ग्लेन र स्पेसएक्सको फाल्कन रकेटसमूह पनि समावेश छन्।

अक्टोबर २०२३ मा अमेजनले दुईवटा कुइपरप्रोटोटाइप सेटेलाइटहरू परीक्षण उडानमार्फत प्रक्षेपण गरेको थियो, जसले यो पहिलो नियमित प्रक्षेपणको बाटो खोलेको थियो।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...