ताजा समाचार

फोन केबलबाट चार्ज हुने विद्युतीय साइकल सार्वजनिक

फोन केबलबाट चार्ज हुने विद्युतीय साइकल सार्वजनिक
Global IME Bank

एस्टोनियाली कम्पनी एम्पलर नियमित यूएसबी–सी केबलबाट चार्ज गर्न सकिने विद्युतीय साइकल उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ।

नोभा र नोभा प्रो गरी दुई मोडेलहरूमा उपलब्ध यी विद्युतीय साइकलको फ्रेममा केबल घुसाएर चार्ज गर्न सकिने र आवश्यक पर्दा एउटै पोर्टबाट फोन पनि चार्ज गर्न सकिनेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

दुबै मोडेलहरूले लुकाएर राखिएको ४८ भी (भोल्ट), ३३६ वाटआवर ब्याट्री प्रयोग गर्ने बताइएको छ। साथै बढी शक्तिशाली यूएसबी–सी पीडी ३.१ चार्जर (म्याकबुक प्रोको) प्रयोग गर्दा उक्त ब्याट्री लगभग तीन घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ।

पुरानो चार्जरले भने विद्युतीय साइकल अलि ढिलो गतिमा चार्ज हुने बताइएको छ।

यसका अतिरिक्त, एम्पलरको आफ्नै द्रुत चार्जर (१४० वाट) पनि रहेको छ। नोभा मोडेल ९ स्पीड (गति), स्ट्याण्डर्ड चेन र फराकिलो टायरहरूका साथ २९९० यूरोको मूल्यमा आउने बताइएको छ जुन अलि बढी नियन्त्रण मन पराउनेहरूका लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

नोभा प्रोको मूल्य ३,४९० युरो कायम गरिएको र यो विद्युतीय साइकलमा कार्बन बेल्ट र सिङ्गल–स्पीड ड्राइभ प्रणाली रहेको बताइएको छ जुन समतल क्षेत्रहरूको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

दुबै विद्युतीय साइकलहरूमा २५० वाटको मोटर प्रयोग गरिएको र यसको अधिकतम गति २५ किमी प्रति घण्टा रहेको उल्लेख गरिएको छ जुन ईयू मानक पनि भएको बताइएको छ।

विद्युतीय साइकलहरू विभिन्न साइज (आकार) र फ्रेम भेरियन्टहरूमा (क्लासिक र स्टेप–थ्रु) उपलब्ध हुने बताइएको छ।

नोभा र नोभा प्रो अब ईयू, यूके र स्विट्जरल्याण्डमा पूर्व–बिक्री सुरु गरिएको छ भने जुन महिनमा पहिलो डेलिभरी सुरु हुने टेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa
easy care