Technology Khabar १९ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
चीनको ह्वावे टेक्नोलोजीले सोमबार सन् २०२४ मा आफ्नो नाफा एक चौथाई भन्दा बढीले घटेको बताएको छ। एक वर्ष अघि यसको अनर ह्यान्डसेट युनिटको बिक्रीबाट भएको आम्दानीले आम्दानी बढाएको र यसको राजस्व पाँच वर्षमा सबैभन्दा तीव्र दरमा बढेको उल्लेख गरिएको छ।
खुद नाफा २८ प्रतिशतले घटेर ६२.६ बिलियन युआन (८.६३ बिलियन अमेरिकी डलर) मा पुगेको बताइएको छ जसलाई कम्पनीका प्रवक्ताले अनुसन्धान र विकासतर्फको भारी लगानी १७९.७ बिलियन युआन वा राजस्वको लगभग २० प्रतिशत पुगेको र युनिट बिक्रीबाट कुनै आम्दानी प्राप्त नगरेको जस्ता कारणको खुलासा गरेका छन्।
अमेरिकी प्रतिबन्धहरूले अल्फाबेटको गुगलबाट हाइ-एण्ड चिप्स र सेवाहरूमा पहुँच सीमित गरेपछि ह्वावेले सन् २०२० मा आफ्नो बजेट स्मार्टफोन युनिट अनरलाई शेन्जेन गभर्नमेन्ट कन्सोर्टियम (सरकारद्वारा समर्थित समूह) लाई बेचेको थियो भने यसको भुक्तानीले पछिल्ला वर्षहरूमा कम्पनीको नाफा बढाउन मद्दत गरेको थियो।
शेन्जेनमा आधारित फर्मले सन् २०२४ मा ८६२.१ अर्ब युआनको आम्दानीको रिपोर्ट गरेको छ जुन सन् २०२३ को तुलनामा २२.४ प्रतिशतले बढी भएको बताइएको छ। सूचना र सञ्चार प्रविधि पूर्वाधारले यो संख्यामा सबैभन्दा बढी योगदान पुर्याएको र ४.९ प्रतिशतले बढेर ३६९.९ अर्ब युआन पुगेको ह्वावेले एक विज्ञप्तिमा बताएको छ।
त्यसैगरी सन् २०२३ मा ४६.२ प्रतिशत रहेको कम्पनीको कुल नाफा मार्जिन सन् २०२४ मा भने ४४.४ प्रतिशतमा झरेको छ।
सुरक्षा चिन्ताका कारण उन्नत चिप्सको पहुँचमा अमेरिकी प्रतिबन्धहरूको तनावका बीचमा सन् २०२१ मा आम्दानी लगभग एक तिहाइ घटेपछि गत वर्ष लगातार तेस्रो वर्ष वृद्धि भएको थियो। यो सन् २०२० को ८९१.३ अर्ब युआनको शिखरको नजिक पनि पुगेको थियो।
ह्वावेको स्मार्टफोन र अन्य डिजिटल ग्याजेटहरू समावेश रहेको उपभोक्ता खण्डबाट आम्दानी ३८ प्रतिशतले बढेर ३३९ अर्ब युआन पुगेको छ, जुन यसको पाँच प्रमुख खण्डहरूमा दोस्रो उच्चतम वृद्धि हो।
परम्परागत अटोमेकरहरूलाई स्मार्ट कार बनाउन मद्दत गर्ने ह्वावेको इन्टेलिजेन्ट अटोमोटिभ सलुसन इकाईको आम्दानी ४.५ गुणा बढीले बढेर २६.४ अर्ब युआन पुगेको छ। यसले पहिलो पटक गत वर्ष नाफा कमाएको पनि उल्लेख गरिएको छ।
एक प्रेस विज्ञप्तिमा, ह्वावेकी अध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत, ह्वावेका संस्थापक रेन झेङफेईकी छोरी मेङ वान्झाउले नतिजा पूर्वानुमानसँग मिल्दोजुल्दो रहेको बताएकी छिन्।
“सन् २०२४ मा, ह्वावेको सम्पूर्ण टोलीले बाह्य चुनौतीहरूको विस्तृत दायराको सामना गर्न एकसाथ काम गरेको थियो” मेङले बताइन्। “ह्वावेका डिभाइसहरू फेरि द्रुत गतिमा अघि बढेका छन्” उनले थप उल्लेख गरिन्।
ह्वावेले इकोसिस्टम साझेदारहरूलाई आफ्नो प्लेटफर्म क्षमताहरू खुल्ला राख्नको लागि जारी राख्ने र विकासकर्ताहरूलाई यसको हार्मोनीओएस, कुनपेङ, एसेन्ड र क्लाउड कम्प्युटिङ प्रोडक्टहरू सहित डोमेनहरूमा टुल्स (उपकरणहरू) र प्रोडक्ट (उत्पादन) हरू प्रदान गर्ने बताएको छ।
चीन–अमेरिका प्राविधिक युद्धको बीचमा ह्वावे चिप्स र अपरेटिङ सिस्टमहरूमा चिनियाँ प्राविधिक नवप्रवर्तनको केन्द्रको रूपमा देखा परेको छ भने यसका कार्यकारीहरूले पहिले अमेरिकी कार्यले कम्पनीलाई “सर्भाइबल मोड” मा धकेलेको बताएका थिए।
संस्थापक रेन झेङफेईले मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरेलु चिप्स र अपरेटिङ सिस्टमको अभावको बारेमा चीनमा रहेको चिन्ता कम भएको बताउँदै कम्पनीले विगतका महिनाहरूमा अझ बढी आत्मविश्वासी स्वरमा प्रस्तुत भएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १९ चैत्र २०८१, मंगलवार