Technology Khabar १२ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभी तथा नेपालमा बनेको आईसीई क्रेटा सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कम्पनीले नयाँ कार सार्वजनिक गरेको हो।
केही समयअघि मात्रै भारतीय बजारमा सार्वजनिक भएको क्रेटा ईभी नेपालमा भित्र्याएको हो।”CHOOSE YOUR FUTURE” को थिमसहित, हुन्डाईले नेपालले क्रेटा Electric र ICE दुबै मोडेल उपलब्ध गराएको जनाएको छ।
क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१ लाख ९६ हजार र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य रु. ५३ लाख ९६ हजार राखिएको छ। २०२५ मा आयात गरिने आईसीई मोडलहरूको मूल्यमा तुलना गर्दा यो ९ लाख रुपैयाँ सम्म कम मूल्य हो।
कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
यस्तै मेड इन नेपाल अन्तर्गतको क्रेटा ई पेट्रोल एमटी भेरिएन्टको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ छ भने क्रेटा एस ओ एमटीको ६३ लाख ९६ हजार रुपैयाँ, क्रेटा एसएक्स एमटीको ६६ लाख ९६ हजार रुपैयाँ, क्रेटा एस ओ सीभीटी भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ र क्रेटा एसएक्स ओ सीभीटी भेरियन्टको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो।
हुन्डाई नेपाल ले इकोसिस्टम विकासमा पनि अगाडि बढ्दै आफ्नै चार्जिङ्क नेटवर्क“Re-Lax” मार्फत डिसी चार्जिङ्ग नेटवर्क निर्माण गरिरहेको जनाएको छ, जसमा रिपेयर शपहरु पनि समाहित हुनेछन्,
कम्पनीले ब्याट्री रिसाइक्लिङ्ग र रिसेड्यूल भ्यालू म्यानेजमेन्ट (residual value management) को लागि एट्टेरो इण्डियासँग सहकार्य गरेको जनाएको छ।
प्रकाशित: १२ चैत्र २०८१, मंगलवार