नोकियाको एलटीई नेटवर्क चन्द्रमामा तैनाथ, पावर गुमाएपछि पहिलो मोबाइल कल गर्न असफल

  • Technology Khabar | १ चैत्र २०८१, शुक्रबार
नोकियाको एलटीई नेटवर्क चन्द्रमामा तैनाथ, पावर गुमाएपछि पहिलो मोबाइल कल गर्न असफल

काठमाडौं ।

चन्द्रमामा तयार पारिएको नेटवर्कले पावर गुमाएपछि नोकियाले पहिलो चन्द्रमा मोबाइल कल गर्न असफल भएको छ।

नोकियाले इन्ट्युटिभ मेशिन-आईएम २ (IM-2) मिसनको भागको रूपमा चन्द्रमामा पहिलो सेलुलर नेटवर्क सफलतापूर्वक डेलिभर गरेको बताएको छ।

यद्यपि, अवतरण पछि आईएमको एथेना ल्यान्डरको सौर्य प्यानलहरू ढल्किएको कारणले गर्दा नोकिया पहिलो मोबाइल चन्द्र कल गर्न असमर्थ भयो।

तैपनि, नोकिया बेल ल्याब्सको लुनार सतह सञ्चार प्रणाली (एलएससीएस) ले २५ मिनेटको विन्डोमा धेरै परीक्षणहरू पूरा गर्यो जसमा यसले पावर प्राप्त गर्यो।

यसबिचमा नोकियाले चन्द्रमाको लुनार साउन पोल (दक्षिण ध्रुव) क्षेत्रमा सफलतापूर्वक एलटीई नेटवर्क तैनाथ गर्न सक्षम भयो। कम्पनीले नेटवर्कको सञ्चालनका प्रमुख पक्षहरू प्रमाणित गर्न पनि सक्षम भयो, जसमा इन्ट्युटिभ मेसिनको ग्राउन्ड स्टेशन र नोकियाको पृथ्वीमा रहेको मिसन नियन्त्रण केन्द्रमा सञ्चालन डाटाको प्रसारण समावेश थियो।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार