सन् २०२४ मा यसकारण घट्यो फक्सवागनको नाफा

  • Technology Khabar | २९ फाल्गुन २०८१, बिहीबार
सन् २०२४ मा यसकारण घट्यो फक्सवागनको नाफा

काठमाडौं ।

उच्च उत्पादन लागत र तीव्र चिनियाँ प्रतिस्पर्धासँग जुधिरहेको उथलपुथलपूर्ण वर्षमा सम्भावित प्लान्ट बन्द हुने वार्ताको साथ आफ्नो वार्षिक नाफामा तीव्र गिरावट आएको जर्मन अटो जायन्ट फक्सवागनले मंगलबार रिपोर्ट गरेको छ।

समग्र बिक्री थोरै बढेर ३२४.७ अर्ब युरो पुगेको भए पनि सन् २०२४ मा १२.४ अर्ब युरो (१३.४ अर्ब अमेरिकी डलर) मा, खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.६ प्रतिशतले घटेको विदेशी मिडियाले लेखेको टेलिग्राफले रिपोर्ट गरेको छ।

“स्थिर लागतमा उल्लेखनीय वृद्धि” र कुल २.६ अर्ब युरोको एक पटकको खर्चको कारणले गर्दा खराब नतिजा आएको कम्पनीले बताएको छ।

फक्सवागन बढ्दो लागतबाट मात्र नभई विद्युतीय सवारी साधनहरूको परिवर्तनबाट पनि नराम्रो असर परेको बताइएको छ जहाँ यसले चिनियाँ प्रतिद्वन्द्वीहरूबाट तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ।

आउडीदेखि सिट र स्कोडासम्मको मोडेलहरू रहेको १०–ब्रान्ड समूहका लागि सन् २०२४ विशेष गरी कठिन हुुन पुगेको उल्लेख गरिएको छ। युनियनहरूसँग लामो समयदेखि चलिरहेको विवादका कारण डिसेम्बरमा टुङ्गिएको सम्झौताले सन् २०३० सम्ममा जर्मनीमा ३५,००० रोजगारी कटौती गर्ने निर्णय गरेको थियो।

कार निर्माताले अन्ततः पहिलो पटक देशमा कारखानाहरू बन्द नगर्ने निर्णय गरेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार