
काठमाडौं ।
एप्पलले व्यक्तिगत सन्दर्भ बुझ्ने र एपहरू भित्र कारबाही गर्न सक्ने सिरीको अपडेट संस्करणमा ढिलाइ गरिरहेको छ भनि कम्पनीले डेरिङ फायरबलसँग साझा गरेको एक विज्ञप्तिमा भनिएको छ। यो सुविधा पूरा हुनको लागि अपेक्षा गरिएको भन्दा बढी समय लागिरहेको छ।
कम्पनीले सिरीको अपग्रेड कहिलेदेखि सुरु हुनेछ भनेर मितिको बारेमा सार्वजनिक नगरेको तर उनीहरूले “आगामी वर्षमा यसलाई रोल आउट गर्नेछौँ” भन्ने बारेमा भने जानकारी गराएको उल्लेख छ।
पूर्ण कथन यस्तो छः
सिरीले हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूलाई आवश्यक पर्ने कुराहरू फेला पार्न र कामहरू छिटो सम्पन्न गर्न मद्दत गर्छ, र विगत छ महिनामा, हामीले सिरीलाई अझ बढी कुराकानीयोग्य बनाएका छौं, सिरीमा टाइप र उत्पादन ज्ञान जस्ता नयाँ सुविधाहरू प्रस्तुत गरेका छौं, र च्याटजीपीटी सँग एकीकरण थपेका छौं।
हामी थप पर्सनलाइज्ड (व्यक्तिगत) सिरीमा पनि काम गरिरहेका छौं, जसले यसलाई तपाईंको व्यक्तिगत सन्दर्भको बारेमा बढी जागरूकता प्रदान गर्दछ, साथै तपाईंको एपहरू भित्र र भरि तपाईंको लागि कारबाही गर्ने क्षमता प्रदान गर्दछ। यी सुविधाहरू प्रदान गर्न हामीलाई सोचेभन्दा बढी समय लाग्नेछ र हामी आगामी वर्षमा तिनीहरूलाई रोल आउट गर्ने अपेक्षा गर्छौं।
एप्पलको एप्पल इन्टेलिजेन्सको लागि मूल पिचको मुख्य भाग एक परिमार्जित, अधिक शक्तिशाली सिरी थियो। धेरै पहिले जब कम्पनीले आफ्नो योजनाहरूको बारेमा विस्तृत रूपमा बताएको थियो र त्यस बखत ‘सिरीले तपाईंको फोनमा के भइरहेको छ भनेर मात्र नबुझेर तपाईंको लागि एपहरूमा कारबाही गर्न पनि सक्षम हुनेछ’ भनि दावी गरेको थियो।
अहिलेसम्म, एप्पलले सिप गरेको त्यो नयाँ सिरीको मुख्य भागहरूमा अनुरोधहरूलाई ठूलो स्वरमा बोल्नुको सट्टा टाइप गर्ने क्षमता, एप्पल प्रोडक्ट फिचर्स (सुविधाहरू) बुझ्ने र व्याख्या गर्ने क्षमता, सिरी सक्रिय हुँदाको लागि नयाँ एनिमेसन र च्याटजीपीटीसँग एकीकरण रहेका छन्।
अपडेट गरिएको सिरीले समस्या र सम्भावित ढिलाइको सामना गरिरहेको ब्लूमबर्ग ले रिपोर्ट गरेको छ। एसिस्टेन्टलाई अझ बढी क्षमताहरू प्रदान गर्ने सिरीलाई लार्ज ल्याङ्गवेज मोडेलमा जडान गर्ने एप्पलको योजना पनि वर्षौं टाढा रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार