बालबालिकाको डाटाको प्रयोग गर्ने बारेमा टिकटक र रेडडिट अनुसन्धानको दायरामा

  • Technology Khabar | १९ फाल्गुन २०८१, सोमबार
बालबालिकाको डाटाको प्रयोग गर्ने बारेमा टिकटक र रेडडिट अनुसन्धानको दायरामा

काठमाडौं ।

युकेको डाटा प्रोटेक्शन वाचडगले टिकटक, रेडडिट र इमगरलाई किशोर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छ भन्ने बारे अनुसन्धान गर्ने भएको छ।

सूचना आयुक्तको कार्यालय (आईसीओ) ले भिडियो–सेयरिङ एप टिकटकले १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताहरूलाई –न्टेन्ट रिकमेन्डेसन (सामग्री सिफारिस) हरू उपलब्ध गराउन कसरी जानकारी प्रयोग गर्छ भनेर हेर्न चाहेको उल्लेख गरिएको छ।

उक्त एपहरूले बालबालिकाको उमेर कसरी मूल्याङ्कन र प्रमाणीकरण गर्छन् र तिनीहरूले प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छन् भनेर अनुसन्धानहरू एज अस्यूरेन्स मेजर्स प्रयोगमा केन्द्रित हुने स्काईन्यूजले उल्लेख गरेको छ।

सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकाको अनलाइन गतिविधिबाट उत्पन्न हुने डाटालाई उनीहरूको सिफारिस एल्गोरिदममा कसरी प्रयोग गर्छन् र परिणामस्वरुप युवाहरूलाई हानिकारक वा अनुपयुक्त सामग्री प्रदान गर्ने सम्भावना रहेने भन्ने बढ्दो चिन्ताको बीचमा नियामकले कारबाही गरिरहेको बताइएको छ।

आईसीओको अनुसन्धानले कुनै डाटा सुरक्षा उल्लंघन भएको छ कि छैन भनेर जाँच गर्नेछ र यदि सम्भावित उल्लङ्घनको प्रमाण फेला पर्यो भने यसले निष्कर्षमा पुग्नु अघि जानकारीलाई प्लेटफर्महरूमा राख्नेछ भनि बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार