नीलो रङसँग कुनै साइनो नभएको ‘ब्लुटूथ’ को नाम कसरी रहन गयो? यस्तो छ रोचक प्रसङ्ग

  • Technology Khabar | १९ फाल्गुन २०८१, सोमबार
नीलो रङसँग कुनै साइनो नभएको ‘ब्लुटूथ’ को नाम कसरी रहन गयो? यस्तो छ रोचक प्रसङ्ग

काठमाडौं ।

हेडफोन, किबोर्ड वा माउसको लागि होस्, हामीले हरेक दिन ब्लुटूथको प्रयोग गर्दछौं। सन १९९८ मा आविष्कार भएको यो प्रविधि गेम (खेल) कन्सोलदेखि चिकित्सा इक्विपमेन्टहरू सम्म लिएर धेरै डिभाइस (उपकरण) हरूको सञ्चालनको लागि आवश्यक हुँदै आएको छ। चाखलाग्दो कुरा के छ भने ब्लुटूथ नामको नीलो रङसँग कुनै सम्बन्ध छैन।

यो टेक्नोलोजीको नामले डेनमार्कका भाइकिङ्ग राजा ह्याराल्ड “ब्लुटुथ” गोर्मसनलाई जनाउँछ र उनको नाम ब्लुटुथ सिम्बल (चिन्ह) मा लुकेको पनि पाउन सकिन्छ। ह्याराल्डको राज्य डेनमार्कमा ९५८ देखि ९८५ सम्म फैलाएको थियो र उनको दाँत ग्रे (खैरो) भएको हुनाले उनलाई “ब्लुटुथ” (निलो दाँत) उपनाम दिइएको थियो।

“राजा ह्याराल्डले उनका बुबा ‘गोर्म’ र आमा ‘तिरुन’ को सम्मानमा यो स्मारक बनाउन आदेश दिए। यी हाराल्डले आफ्नो लागि सम्पूर्ण डेनमार्क र नर्वेलाई जितेर डेनिसलाई क्रिश्चियन बनाए” भनेर ह्याराल्डको पालाको एक ढुङ्गामा यस्तो लेखिएको डेली मेलले रिपोर्ट गरेको छ।

टेलीग्राफका अनुसार धेरै शताब्दीयौं पुराना मूर्तिकलाहरूले पनि पादरीले ह्याराल्डलाई कसरी पानीको टोकरीमा बप्तिस्मा दिए भन्ने देखाउँछन्। यस प्रमाणको आधारमा, डेनमार्कलाई एकल धर्म अन्तर्गत ईसाई धर्ममा एकीकरण गर्ने श्रेय ह्याराल्डलाई दिइएको छ। १,००० वर्ष पछि, इन्जिनियर जिम कार्दहले एक अर्कासँग सञ्चार गर्नसक्ने सबै विभिन्न उपकरणहरू जडान गर्ने तरिका खोज्दै सर्टवेभ रेडियो कम्युनिकेसनमा काम गरिरहेका थिए।

राजा ह्याराल्डको कथा सुनेपछि र उनले एक सिद्धान्त अन्तर्गत देशलाई कसरी एकताबद्ध गरेका थिए भन्ने थाहा पाए पछि, उनको नयाँ विचारको लागि “ब्लुटुथ” नाम उत्कृष्ट छनोट गरेका हुन्।

“सर्ट–रेञ्ज वायरलेस कनेक्टिभिटी मार्फत कम्प्युटर र मोबाइल फोन उद्योगहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेका थियौं र त्यसैले हामीले ह्याराल्डको स्क्यान्डिनेभियाको एकीकरणको गीतलाईसँग जोडियौं” कार्दहले भने।

ब्लुटुथलाई स्थायी नामको रुपमा नभएर केवल एक अस्थायी नामको रुपमा चयन गरिएको हो। ब्लुटुथको सट्टा कम्पनीसँग “पर्सनल एरिया नेटवर्किङ” (पीएएन) भन्ने एक बोरिंग विकल्प रहेको थियो जुन नाम धेरै सामान्य थियो भनेर तिनीहरूले पछि महसुस गरेको उल्लेख गरिएको छ।

ब्लुटुथ सिम्बल (चिन्ह) नवौं शताब्दीको स्क्यान्डिनेभियन रन्सको संयोजन भएको बताइएको छ जुन ह्याराल्डको आद्याक्षर र उनको उपनाम मिसाएर ह्याराल्डको लागि ᚼ को चिन्ह र ब्लुटुथको लागी ᛒ को चिन्ह हुन्छ भनि टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार